गौ–बध र गणतन्त्र नेपाल

—डिक बहादुर विश्वकर्मा
ज्यूँदै गाई काटेर मासु खाएको आरोपमा पक्राउ परेका गुल्मी जिल्लाको ह्वाङ्दी गा.वि.स.–४ का काले भत्रे धन बहादुर वि.क.लाइ जिल्ला प्रहरी कार्यालय गुल्मीले मिति ०७० भाद्र १५ गते शनिवारका दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको समाचार प्रकाशमा आएको छ । जस अनुसार प्रहरीले निज विरुद्ध गौ–बध मुद्दा अदालतमा दायर गरेको छ । सो मुद्दामा साबित ठहरेमा निज वि.क.लाई हाल सम्म कायमै रहेको मुलुकी ऐन, महल ७ को ‘ चौपायाको ’ दफा ११ अनुसार दिव्य बाह्र (१२) बर्ष को कठोर जेल सजाय हुने पक्का छ ।

अब यहाँ चर्चा गर्नु पर्ने कुरो यो छ कि हिन्दू शासन व्यवस्था पूर्ण रुपमा हटेर गणतन्त्र एवं धर्मनिरपेक्ष समेत घोषणा भै सकेको हालको नेपालमा, छिमेकी देशहरु लगायत सारा संसारका मान्छेहरुले राँगा बोका सरह नियमित काटेर खाइरहेको पशु, गाईलाई काटेर खाएको मात्र एउटा तुच्छ कारणमा काट्ने मान्छे लाई सजाय हुनु त्यो पनि बाह्र वर्षको जेल सजाय ! मानवाधिकारको दमाहा पिट्ने यो देशमा उचित छ वा छैन !!
हिन्दू धर्म ग्रन्थहरुमा गौ–हत्या र गौ–मांस भोजनको ईतिहास खोज्ने हो भने यत्रतत्र पाइन्छ । यज्ञ गर्दा अश्वमेध, नरमेध यज्ञ गरे जस्तै गाइलाई मारेर प्रसादी स्वरुप सबैले मासु खाने ‘गोमेध’ यज्ञ पनि गरिन्थ्यो । त्यसता गोमेध यज्ञहरु मध्य महाकवि कालिदास कृत ‘मेघदूत’ मा वर्णित राजा दुष्यन्त र रानी शकुन्तलाका वंशज राजा रन्तिदेवले, काटिएका गाइहरुका छालाबाट बगेका रगतले चर्मन्वती नामक खोलो नै बग्ने गरि, असंख्य गाइ काटेर गरेको गोमेध यज्ञ धार्मिक जगतमा चर्चित छ ।
१)त्यसैगरी महाकवि भवभूति कृत ‘ उत्तर रामचरित ’ का अनुसार एकदिन महर्षि वाल्मीकिको आश्रममा बास बस्न पुगेका महर्षि बशिष्ठ (भगवान रामका गुरु) ले अतिथि सत्कारको क्रममा वाल्मीकिले टक्¥याएको गाइकी करौली बाच्छीको मासु र मधुपर्क नामक रक्सी पेटभरी खाएर तृप्त भएको कुरा वाल्मीकिका शिष्य द्वय सौधातकि र भांडायनको संवादमा उल्लेख छ ।
यसरी पौराणिक कालमा गाइको मासु मिठो मानी मानी खाने बाहुनहरुले कालान्तरमा गाइको मासु खान च्यात्तै छोडेर मान्छेमा आफुहरुलाइ र पशुमा गाइलाई कसैले मार्न नहुने (अबध्य) बताए साथै यसबारे सँधै आफ्नो मुट्ठीमा रहेका हिन्दू राजाहरु बाट राजाज्ञा नै जारी गराए । मुसलमानहरुको हमला हुनु अघि सम्म प्रायः भारत भरी मान्छेमा बाहुन र पशुमा गाइ अबध्य घोषित थिए । बाहुनले जस्तोसुकै अपराध गरे पनि उस्लाइ मार्न नहुने सर्वमान्य व्यवस्था कै कारणले राजाहरु पनि बाहुन संग निरीह बन्थे । मगधको राजा धनानन्दले आफ्नो ज्यानी दुश्मन चाणक्यलाइ मार्न नपाएर देश निकाला गर्न बाध्य भयो, पछि उहि चाणक्यले चन्द्रगुप्त मौर्यको सहयोगले धनानन्दको वंशनाश ग¥यो ।
नेपालमा पनि हिन्दू राजाहरुले शासनको शुरुवात देखि नै बाहुन र गाइलाई अबध्य धोषित गर्दै आएको देखिन्छ । वि.सं.१९१० मा बनेको पहिलो मुलुकी ऐन देखि सो कुरा लिखितरुपमा नै व्यवस्थित गरियो । त्यसैको फलस्वरुप वि.सं.१९९७ मा गाथगादि एवं राजद्रोहको अभियोगमा संगै पक्राउ परेका नेपाल प्रजापरिषदका धर्मभक्त, शुक्रराज, गङ्गालाल र दशरथ चन्द लाई राणाशाहीले ज्यान सजाय दियो, तर टंक प्रसाद आचार्य र रामहरि शर्मा बाहुन भएका र कानुनतः अबध्य भएका कारण आजिवन जेल सजाय पाए । त्यसको १० बर्ष पछि वि.सं.२००७ को जनआन्दोलनले राणाशाही हट्नासाथ ती दुबै जना बाइज्जत जेलमुक्त भए भने आचार्यले वि.सं.२०१३ मा नेपालको प्रधानमन्त्री हने अवसर समेत पाए ।
२) त्यो कानुन कायमै रहेको अवस्थामा वि.सं.२०१८ साल माघ ९ गते सोमवारका दिन धनुषा जिल्लाको जनकपुर बजार अवलोकन भ्रमण गरिरहेका बेला तत्कालिन राजा महेन्द्रको जीपमा एक्कासी बम प्रहार भयो, राजा रौं प्रमाणले बाँचे । सुराकी लगाउँदे जाँदा केही महिना पछि अपराधी पक्रियो । तत्कालिन कानुन अनुसार गाथगादी राजकाज सम्बन्धी मुद्दाका सामान्य अपराधीलाइ त ज्यान सजाय हुन्थ्यो भने स्वयं गद्दीनसीन श्री ५ को ज्यानी दुश्मनलाई मृत्यु दण्ड नहुने कुरै थिएन । तर अपराधी प¥यो—बाहुन, दुर्गानन्द झा…, तत्काल विद्यमान कानुनले मार्नै नहुने—अबध्य ! राजा सकसमा परे !!
वि.सं.२०१२ साल बैशाखमा इन्डोनेशियाको बाङ्डुङ्मा सम्पत्र विश्वका विभित्र २९ देशका राष्ट्रहरुको शिखर सम्मेलनमा मानवाधिकार विषयमा नेपालको तर्पmबाट बोल्दा नेपालमा सबै नागरिकले समान रुपले हक अधिकार पाएको, कानुनतः कोही कसैलाइ भेदभाव नभएको भनि उत्कृष्ट भाषण छाँटेकोमा तत्कालै वाहवाही पाएका तर केही घण्टा पछि नै नेपालमा जातिय भेदभाव र उत्पीड़न कानुनी रुपमै विद्यमान रहेको भेद खुलेपछि पत्रकारहरुको प्रश्नका पर्रा को समुचित उत्तर दिन नसकी जसोतसो पिण्ड छुटाएर नेपाल फर्केका राजा महेन्द्रले त्यति बेलै देखि नेपालमा, जात अनुसार सजायको व्यवस्था रहेको राणाकालिन मुलुकी ऐन खारेज गरी, कसुर अनुसार सजायकाृे व्यवस्था गर्ने नयाँ मुलुकी ऐन ल्याउनु पर्ने टड़कारो आवश्यकता महसूस गरी रहेका थिए । सो जनकपुर–काण्डले उन्लाई ‘ कानोले आँखो ’ पाए झैं अनुकुल अवस्था मिल्यो । फटाफट साबिक मुलुकी ऐन खारेज गरी वि.सं.२०२० साल भदौ १ गते देखि लागु हुने गरी नयाँ ‘मुलुकी ऐन २०२०’ जारी गरी हाले ।
जातिपाति सम्बन्धी भेदभावका कुनै कुरा नराखिएको नयाँ मुलुकी ऐनले राजालाई ३ कुराको तुरुन्तै फाइदा भयो । (१) मान्छे जति सबैलाइ कसुर अनुसार समान सजाय हुने भए पछि त्यस बखत सम्म सुन्दरीजलको जेलमा थुनामा राखिएको बाहुन–अपराधी दुर्गानन्द झालाइ ज्यान सजाय दिन बाटो खुल्यो र निजलाई त्यहि सालको माघ १५ गते त्यहीं फाँसीदिइयो । (२) जातिभेदयुक्त राणाकालिन कानुन् हटाउनाले विश्वको नजरमा राजा महेन्द्र सुधारवादि देखिए । (३) जातिय समानताको लागि बाग्लुङ्गका भगत सर्वजीत विश्वकर्माको पाला देखि सरकारसंग कानुन निर्माणको माग गर्दै आएका संघर्षरत दलितहरुले पनि, अन्तरजातिय विवाह गरेका कारण देशभरीका विभित्र जेलमा थुनिएर बसेका ३५० जना कैदीहरु नयाँ मुलुकी ऐन लागु भएकै दिन रिहाइ भएको हुँदा त्यसलाइ कानुनी रुपमा समानताको शुरुवात ठानी भविष्य प्रति आशावादी हुँदै राजा महेन्द्रको जयजयकार गरे ।
यसरी बाहुनजातिको अबध्यता हट्यो भने पशु–गाइको अबध्यता ऐले सम्म किन हटाइएको छैन ? नेपालमा गाईलाइ पुजा गर्ने हिन्दुहरु मात्र बसेका त छैनन् । यहाँ गाइलाई केवल भैंसी,घाेंंडा आदि सरह सामान्य पशु मात्रे गैरहिन्दूको जमात पनि हिन्दूको भन्दा धेरै छ । हिन्दू राजाको मनुवादी निरङ्कुश शासन छँदा सम्म गैरहिन्दुलाई जबरजस्ती दबाएर राखिएको थियो । अब देश गणतन्त्र र धर्म निरपेक्ष भैसकेको अवस्थामा कसैले दबाएर राख्ने कुरा कसैलाई मञ्जुर हुन सक्दैन ! पशुका लागि मान्छेहरु एकापसमा लड्नु झगडा गर्नु मूर्खता हुन्छ।
आजकल गाइको मासु सनातनी खाने देश जस्तैः अमेरिका, युरोप, अफ्रीका, अष्ट्रेलिया, जापान, मलेशिया, मध्यपूर्व आदि विश्वका सबै ठाउँका चप्पा चप्पामा नेपाली पुगेको अवस्था छ । ती नेपाली र तिनका नेपालमै रहने परिवार नातागोता कुनै न कुनै रुपले गाइको मासु वा त्या्े मासुको झोलको संसर्ग बाट अछुतो रहन सकेका छैनन् । कति नेपालीका घरमा त गाइको मासुका सिल्प्याकले भरिएका झोलाहरु नै भित्रीएका पनि छन् । विदेशी विधर्मी केटी वा केटा संग विहे गर्नै नेपाली युवा जमात बढ्दो छ ।
४)उनीहरुले ल्याएका विदेशी विधर्मी बुहारी वा ज्वाईंसाहेबका झोलामा भित्रिएका त्यस्ता सिल्प्याकहरुले आफुलाई खुब उँचाकुलका आर्यवंशी ठात्रे नेपाली परिवार र नालनाता समेतका घर÷घरका आँटी र चुला–चौकामा समुचित स्थान पाइ रहेका छन् । देशका जनताको गौ–मांस प्रति यसतो उदार र सकारात्मक व्यवहार भै रहेको अवस्थामा ‘ गाइ काट्नेलाई बाह्र बर्ष जेल हुने ’ अनुदार र जङ्गली कानुन ऐले सम्म कायम राख्नु र त्यस अनुसार धन बहादुर वि.क. जस्ता मान्छेलाई सजाय गर्नु कहाँको न्याय हो ? नेपालमा काटिने् गाई र विदेशमा काटिने गाईमा फरक त पक्कै छैन होला !
यी सब कुराहरुमा नेपाल सरकारले समयानुकुल विचार गरी तत्काल गौबध सम्बन्धी विद्यमान सबै कानुन खारेज गर्नु पर्दछ । त्यसको सट्टा समुृचित अर्थ दण्ड नितिको व्यवस्था गरी निज धन बहादुर वि.क.लाई जेल दण्ड होइन कि अर्थ दण्ड गरिनु पर्छ ।
त्यसरी मात्र एउटा पशु मारेको कसुरमा धन बहादुर वि.क.ले बाह्र बर्षको जेल सजाय पायो भने त्यो कुरा नेपालका मात्र नभै संसार भरीकै मानवाधिकार कर्मीहरुको लागि लाज र चुनौतिको विषय हुनेछ । अतः यस बारेमा मानवाधिकार कर्मीहरुको तत्काल ध्यानाकर्षण हुनु जरुरी छ भने सम्पूर्ण गैरहिन्दू लगायत प्राकृतिक न्याय प्रेमी सबैले आवाज उठाइ धन बहादुर वि.क.लाइ न्याय दिलाउनु जरुरी देखिन्छ ।
—०—

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: