अव मलाई पार्टी फुटाउन मन लागेको छ

 – सरोज दिलु

पुरानै थाङ्ना बोकेर उही बाटो हिड्दैछौ भने
श्राद्ध र वैतर्नीको घेरावन्दीमै छौ भने
चिल्ला जिव्राले समानताको कुरा नगरे हुन्छ
चेपारे बोली, छेपारे आँखाले दागा नधरे हुन्छ
छैन कुनै स्थान यो गौरवशाली पार्टीमा, तिमी नबसे हुन्छ
यहाँ तिम्रो उपस्थितीले हाम्रा सदिच्छाहरु वन्धक बन्नसक्छ
मनुवादको होमादीमा साम्यवादको जप रटने
ब्यवहारबाट पछि हट्ने
तिमी कार्लमाक्सको सन्तान हुनैसक्दैनौ
हाम्रो मुद्दालाई टेर्दैनटेर्ने
तिमी अव साम्यवादको बाटो हिड्नैसक्दैनौ
अतः पार्टीमा तिम्रै राज हुन्छ भने मै नबसे हुन्छ
किनकि, तिम्रो छाँयाले नै मलाई तर्साउन थालेको छ
हो, अव मलाई पार्टी फुटाउन मन लागेको छ ।

तिमी नै जान्ने–गुन्ने कसैले भनेको नसुन्ने
तिमी नै गुन्ने ज्ञाता कोही–कसैलाई नटेर्ने
परिवर्तनलाई फलाकेर जजमानी गरी हिड्ने
चोखो प्रेमभन्दा गहुँत पिउनुलाई पवित्र ठान्ने
शहिदका रगतलाई अव पञ्चामृत बनाई पिउने
घाईतेका चोटहरुलाई अव हण्डी बनाई निल्ने
तिम्रा अंगुलमा नाच्नु पर्ने चंगुलमा फस्नु पर्ने
तिम्रो सास पनि अव त गन्हाउन थालेको छ,
त्यसैले अव तिम्रो र मेरो कित्ता छुट्टिनु पर्दछ
अव हामी यो पार्टीबाट फुट्टिनै पर्दछ !

जनवादलाई जनैवादले लपेटेर
धोतीलाई टोपी, टोपीलाई धोती बनाउने
अव तिमी मेरो मित्रशक्ती हुनैसक्दैनौ
तिमी अग्रगामी छैनौ, तिमी यो देश चलाउन सक्दैनौ
समाजवाद र साम्यवादको खोक्रो भाषण अव नगरेस्
तिमीलाई आमूल परिवर्तन खुसाउँदैन
सर्वहारा श्रमजीविजनको वर्गीय राजनीति सुहाउँदैन
पानी मन्तर र कुटील भाषा नै तिम्रो पेवा
वरु त्यसैबाट फलाई खाऊ मेवा
अव तिमी तिमीजस्तैहरुको पार्टीमा बस
म मजस्तैहरुको पार्टी खोल्छु,
हो, अव म पार्टी फोड्छु !

हामीले चाहेको सांस्कृतिक अन्तर्घुलन नै हो,
सामाजिक सम्मान र आर्थिक समावेशीता नै हो
यसैमा तिमीले हाम्रो मुक्ति छ भन्ने गथ्र्यौ
तिम्रा लागि हामी जसैगरी मथ्र्यौ
तर तिम्रो झुट, दलाली र लुट सव थाहा भो
तिम्रो र मेरो राजनीतिक सम्वन्ध पनि स्वाहा भो 
आफैं चार दिवारबाट मुक्त छैनौ भने
मलाई तिमीसंग प्रेमको अधिकार छैन भने
मेरो उपस्थितीले तिम्रा बाउवाजेले पिण्ड पाउदैनन् भने
मेरो निस्वार्थ मनलाई तिमी कमजोरी ठान्छौं भने
अव पनि गणतन्त्रलाई खुराफातीमै केलाउँछौ भने
श्रमजीवि उत्पीडितलाई कुर्सीका लागि खेलाउंछौं भने
कि तिमी पार्टी छोड्नु कि म छोड्छु 
तिमी छोड्दैनौ भने म पार्टी फोड्छु ।

स्टार होटलकोे चियापानमा छैन कुनै विभेद
परियोजनाका लञ्च र डिनरमा सफेदैसफेद्
भेद जिव्रोमा छैन तिम्रो मनमा छ,
स्वादमा छैन, तिम्रो आँखामा छ
बोलीमा छैन तिम्रो ब्यवहारमा छ
तिमीलाई चाकडी–चाप्लुसी नै मन पर्छ
तिम्रो फेरो समाएको तिमीलाई मनपर्छ
तिमीलाई मान्छेको कौडा खेल्न मन पर्छ
केही पाउनु छ भने सर्वाङ्ग भई ङिच्च हासीदिन मन पर्छ
तर आफै हुरहुर्ती जलेर दुनियालाई के वदल्न सक्छौ ?
आफ्नै छातीमा जातिपाती र उचनिचता पालेर
के जनवाद ल्याउन सक्छौ !
तिम्रै कारणले कार्यकर्ता धेरै गए
तिमी एकले हजारांै ब्राम्हणहरु वद्नाम भए
अव त जसै होला तसै होला
पार्टी फोड्दा वेशै होला ।

म आफ्नो निर्णय फिर्ता लिन्छु,
यदि तिमी वार्तामा आउछौ भने
हो, म पार्टी फोड्ने छैन हामी सहमतिमा पुग्छौं भने
अव तिम्रो र मेरो एकै अजेण्डा बन्नुपर्दछ
यो अजेण्डामा राष्ट्रिय सम्वोधन हुनुपर्दछ
अजेण्डा कार्यन्वयनमा दुवै ईमान्दार बन्नुपर्छ
पहिले तिम्रो मनमस्तिक, द्धारदलान तिमीले सुधार्नुपर्दछ
पुरातना, विकृती र उचनीच दुवै मिली उधार्नु पर्दछ
हो अव हाम्रो सहमति र सहकार्यमै समाजवाद उदाउन सक्दछ
नत्र समाजवादको ‘स’ कम्युनिष्टको ‘क’ उच्चारण गर्नु वेकार छ
हो, म पार्टी फुटाउदिन, के तिमीलाई मेरो शर्त स्वीकार छ ?? 

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Comments

  • Bhim B.K.  On November 14, 2013 at 1:58 pm

    Excellent creation ! Saroj ji. This represents the situation and position of Dalit leaders within a party.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: