दलितको विषयमा स्वामित्व लिन दलहरु तयार

– महावीर विश्वकर्मा, जागरण मिडिया सेन्टर

काठमाण्डौँ, १९ मंसिर ।  दलित समुदायको विषयमा अघिल्लो संविधान सभाले सहमति जुटाएको विषयलाई यो  संविधान सभाले स्वामित्व लिन प्रमुख दलहरु तयार भएका छन् । जन उत्थान प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको दलित समुदायको अधिकार रक्षाको सवाल र चुनौती विषयक गोष्ठीमा उपस्थित प्रमुख दलका नेताहरुले दलित समुदायका अधिकार सुनिश्चत गर्नका लागि अघिल्लो संविधान सभाले टुङ्ग्याएका विषयहरुलाई अबको संविधान सभाले स्वामित्व लिने अभिव्यक्ति दिएका हुन् ।

नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले दलित आन्दोलनका मुद्दालाई राजनीतिक दलहरुको मुद्दा बनाउनका लागि दलित नेताहरुले पार्टीभित्र भूमिका
खेल्नुपर्ने बताउनुभयो । उहाँले दलित अधिकार र समग्र नेपालीहरुको अधिकार सुनिश्चित गर्नका लागि वहुविचारमा आधारित लोकतान्त्रिक मुल्य र मान्यतालाई संस्थागत गर्नुपर्ने भनाई राख्नुभयो ।

गोष्ठीमा बोल्दै नेकपा एमालेका नेता प्रकाश ज्वालाले अघिल्लो संविधान सभाले टुङ्ग्याएका विषयमा यदि विवाद छैन भने ती कुराहरुको स्वामित्व अबको संविधान सभाले लिनुपर्ने र नेकपा एमाले त्यसको लागि तयार रहेको प्रतिबद्धता जनाउनुभयो । साथै दलित आन्दोलनले संघीयता, राज्य पुनर्संरचना लगायतका विषयमा प्रष्ट खाका बनाएर दलहरुलाई दिनुपर्ने पनि उहाँको भनाई थियो ।

यसैगरि एकीकृत नेकपा माओवादीका नेता वर्षमान पुन अनन्तले हिजो भएका सहमतिलाई स्वामित्व ग्रहण गर्दै बाँकी विषयमा मात्रै छलफल अगाडी बढाउनुपर्ने धारणा राख्नुभयो । यतिबेला राज्य फेरी यथास्थितिमा जाने आशंका पैदा भएको भन्दै उहाँले दलित अधिकार रक्षाको विषय गम्भीर रहेकोमा जोड दिनुभयो । “राज्य पुनर्संरचना र शासकिय स्वरुपका विषयमा नेकपा माओवादी सहितका ३३ दल समेतको सर्वपक्षीय गोलमेच सम्मेलन गरेर आधारभुत सहमति गरौँ” उहाँले भन्नुभयो, “त्यसपछि ती सहमतिलाई संविधान सभाले पास गरौँ ।”

तर नेकपा माओवादीका नेता देव गुरुङ्गले भने अब देशमा २०४७ सालको जस्तै संविधान बन्न लागेको भन्दै अहिलेको संविधान सभाबाट दलितको मुद्दा सुनिश्चित नहुने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा बोल्दै दलित अधिकारकर्मीहरु दुर्गा सोब, भक्त विश्वकर्मा, मोती नेपाली लगायतले संविधान सभामा दलितका मुद्दालाई बलियोसँग उठान गर्नका लागि दलित समुदायको प्रतिनिधित्व आवश्यक रहेको भन्दै दलहरुले समानुपातिकतर्फको सभासद र मनोनिततर्फका २६ जना सभासद चयन गर्दा दलितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा लेखक तथा सामाजिक विज्ञान अनुसन्धाता यामबहादुर किसानले “दोश्रो संविधानसभामा दलित अधिकारको रक्षा तथा स्थापनाको सवाल र चुनौती” विषयक कार्यपत्र र रामबहादुर थापामगरले सिमान्तकृत समुदायको अधिकारको सवाल र रक्षाको चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: