नासो समुदायद्धारा भर्जिनियामा यही डिसेम्बर २, २०१३ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्धारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा सहभागी हुनुहुने विभिन्न राष्ट्रका अतिथिहरुको सम्मानमा रात्री भोजको आयोजना गरि सो समारोहका अवसरमा साहित्यकार मोदनाथ प्रश्रित तथा युवा गायक यशकुमारलाई एक विशेष समारोहका बीच भव्यरुपमा सम्मान गरिएको छ ।
कार्यक्रममा डा. कुसुमाकर न्यौपाने, डा. खगेन्द्रप्रसाद लुईंटेल, प्रेमराजा महतले सम्मानित व्यक्तित्व द्धय मोदनाथ प्रश्रित र यशकुमारले पुरयाएको योगदानको चर्चा गर्नुभएको थियो भने लोकप्रिय युवा गायक यशकुमार र मोदनाथ प्रश्रितले नासोद्धारा आफूलाई गरेको सम्मानको प्रशंसा गर्नुभएको थियो । साहित्यकार प्रश्रितले यो सम्मानले मदन पुरस्कारबाट सम्मानित भएको भन्दा अझ महत्वपूर्ण रहेको र आफ्नो बाँकी जीवन समुदायका विपन्न वर्गको उन्नती र प्रगतिमा कलम चलाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्तमा अध्यक्ष दीपकजंग विश्वकर्माले उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो र यसकुमारले सहभागीहरुको अनुरोधमा आफ्ना केही लोकप्रिय गीतहरु गाउनु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका महासचिव पदम विश्वकर्माले गर्नुभएको थियो ।