मानवअधिकार राष्ट्रिय महाभेला २०७०: छुवाछुत एवम् जातीय विभेदविरुद्ध विश्व अभियानका विषयका संवाद कार्यक्रम सम्पन्न

६५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ तथा पाँचौं मानवअधिकार राष्ट्रिय महाभेला २०७० को कार्याशाला गोष्ठीको दोस्रो दिन २४ गते सोमबार वल्र्ड टे«ड सेन्टरमा दुई सत्रमा सञ्चालन भएको थियो।

छुवाछुत एवम् जातीय विभेदविरुद्ध विश्व अभियानका विषयका सत्रमा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न भयो । मोतिलाल नेपालीको अध्यक्षतामा सम्पन्न भएको दलित समुदायको मानव अधिकारको अवस्था, समस्या र समाधानको उपाय विषयक गोष्ठीमा अधिवक्ता यामबहादुर किसानले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अनन्त यात्री विक, चक्रमान विश्वकर्मा, सुरेश कुमार भट्टले टिप्पणी गर्नुभएको थियो। कार्यक्रमको अन्तिममा छुवाछुत एवम् जातीय विभेदविरुद्ध विश्व अभियान विषयक अन्तरक्रियात्मक संवाद कार्यक्रम सरेशकुमार भट्टको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा ब्राजिलका जर्ज रोमानो, एक्सन एड साउथ अफ्रिकाका फतिमा सावोदिन, नेपालबाट प्रा. कपिल श्रेष्ठ, अमृत विश्वकर्मा, हिरा विश्वकर्मा, यामबहादुर किसानले नेपाली तथा अन्तर्राष्टिय दलित समुदायको अवस्थाको बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा कृष्ण सुवेदीले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

यसै गरी पहिलो सत्रमा नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको अवस्था, समस्या र समाधानका उपाय, द्वन्द्व पीडित र संक्रमणकालीन न्याय, दलित समुदायको मानव अधिकारको अवस्था, समस्या र समाधानको उपाय, नेपालमा बालबालिकाको मानव अधिकारको अवस्था समस्या र समाधानका उपाय विषय गोष्ठीहरु सम्पन्न भए ।

Dalit NGO Federation (DNF)
Talchhikhel, Satdobato, Lalitpur
Phone: 01- 5527559
Email: dnf@dnfnepal.org
Web: http://www.dnfnepal.org
P.O. Box No.: 9251 Kathmandu Nepal

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: