विलियम सिङ, कैलाली, मंसिर–२९ । बिभिन्न राजनीतिक दल , पेसा ब्यवसाय , संघ संगठन , गाविस क्षेत्र अनुरुप छरिएर रहेका दलित अगुवा , अधिकारकर्मी, बुद्धिजीवी एवम् सम्पूर्ण दलितहरुलाई आफ्नो हक अधिकार का लागि कैलालीका दलितहरु संगठित भइरहेका छन । शनिबार कैलालीको मालाखेती ७ स्थीत दुर्गालक्ष्मी क्याम्पस को प्राङ्गणमा बसेको भेलाले बाजी कामी को अध्यक्षतामा कैलालीको क्षेत्र नम्बरमा क्षेत्रीय कमिटि गठन गरेको छ ।
कार्यक्रममा धन बहादुर विकको संयोजकत्वमा १२ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । दलितहरुलाई एकबद्ध गराई हक अधिकार तथा जातीय समानताका लागी कमिटी गठन गरिएको र कैलालीका अन्य क्षेत्र र अरु जिल्लामा पनि समिति बिस्तार कार्यलाई निरन्तरता दिने बताउँदै दलित एकता समाज कैलालीका संस्थापक संरक्षक विलियम सिं बिक ले जानकारी दिनुभयो ।
Program Producer
Jagaran Media Center
P.O.Box:19619
Kathmandu, Nepal
Off: +977 1 4780597/4781216
Website: www.jagaranmedia.org.np