संविधानसभामा दलितको प्रतिनिधित्व बढाउन सक्दो प्रयास गरिने

काठमाडौँ, मङ्सिर १९ गते । विभिन्न राजनीतिक दलका नेताले संविधानसभामा दलित समुदायको प्रतिनिधित्व बढाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जनउत्थान प्रतिष्ठानद्वारा यहाँ आज आयोजित “दलित समुदायको अधिकार रक्षाको सवाल र चुनौती” विषयक अन्तक्र्रियामा दलका नेताले प्रत्यक्ष निर्वाचनबाट दलितको सहभागिता न्यून भएपनि समानुपातिकतर्फ र मनोनीत गरिने २६ जनामध्येबाट १३ प्रतिशत पु¥याउन पार्टीभित्र सक्दो पहल गर्ने बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी)का नेता वर्षमान पुनले संविधानसभा परिवर्तनकारीको सवाल संस्थागत गर्ने थलो भएका कारण सडकबाट आन्दोलन भन्दा पनि संसदभित्रको सङ्घर्षलाई पहिलो प्राथमिकता दिनुपर्ने तर्क गर्नुभयो ।
नेकपा–माओवादीका सचिव देव गुरुङले दलित आन्दोलनका अगुवा पदम सुन्दासले संविधानसभाको दोस्रो निर्वाचन परिणामले सबैभन्दा बढी दलित समुदायलाई घाटा पु-याएको भन्दै अब दलित समुदायको पक्षमा संविधान नबन्ने खतरा देखिएको धारणा राख्नुभयो ।
नागरिक समाजका अगुवा दमननाथ ढुङ्गाना, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष दलजित श्रीपाइली, दलित महिला सङ्घकी अध्यक्ष दुर्गा सोव र दलित अधिकारकर्मी मोती नेपालीलगायतले आगामी दिनमा सिङ्गो दलित आन्दोलन आफ्नो अधिकार संविधानमा सुनिश्चित गर्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । रासस

Source: gorkhapatraonline.com

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: