एक सय २० परिवार हलिया वस्तीमा खानेपानी हाहाकार

– करन ताम्राकार
डडेल्धुरा, ९ पौष- डडेल्धुरा अजयमेरु गाविस अन्तरगतका वाड नं ७ र ८ एक सय २० परिवार हलिया वस्तीमा खानेपानी हाहाकार भएको छ । अजयमेरुको हाँट र जिजोडा गरि हलिया वस्तीमा खानेपानी हाहाकार भएको छ । खानेपानीको नौला धारको मुहान सुक्दै गएकोले खानेपानी हाहाकार भएको अजयमेरु हाँटकबा लोकबहादुर सार्कीले बताए ।

हाँटका ७८ परिवार मुक्तहलिया १ घण्टा पैदल दुरीमा टाढा हाँट खोलाबाट दुषित पानी खान बाध्य भएको सार्कीले बताए । हाँट खोलामा पनि माछा मार्नका लागि विषादी प्रयोग गर्ने हुँदा त्यस्तै पानी खानु पर्ने बाध्य भएको उनको भनाई छ । अहिले हाँट र विजोडामा खानेपानी हाहाकारसँगै खुल्ला दिशा पिसाव गर्ने गरेका पाईन्छन । गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा गरेपनि खानेपानीको अभावले चर्पी प्रयोग नभएका हाँटका स्थानीय लोकबहादुर सार्कीले जानकारी दिनुभयो ।

खुल्ला दिसामुक्त अभियान भन्दा पहिले खानेपानीको व्यवस्था नहुन्जेलसम्म खुल्ला दिसा मुक्त अभियानका रुपमा मात्र समित हुने उनको भनाई छ ।

Posted by:
Mahabir Bishwakarma
Program Producer
Jagaran Media Center
P.O.Box:19619
Kathmandu, Nepal

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: