सल्यानको काभ्रालाई जिल्लाको पहिलो छुवाछुत मुक्त गाबिस घोषणा

– नवीन अभिलाषी, जागरण मिडिया सेन्टर
सल्यान, १४ पुष । सल्यानको काभ्रालाई जिल्लाको पहिलो छुवाछुत मुक्त गाबिस घोषणा गरिएको छ । दलित विकास समाज सल्यानको आयोजनामा भएको कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले काभ्रा गाविसलाई छुवाछुत मुक्त गाविसको रुपमा घोषणा गर्नुभएको हो ।
 
घोषणा गर्ने क्रममा दलित तथा गैरदलित बिच मेलमिलाप र संयुक्त भोजन समेत गरिएको थियो । दलित बिकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीले आउदा दिनमा सबै गाबिस छुवाछुत मुक्त बनाउन सक्दो अभियान चलाउने बताउनुभयो ।
 
घोषणा कार्यक्रममा उपस्थित सबैले छातीमा हात राखेर दलित माथि छुवाछुत नगर्ने प्रतिबद्धत्ता कायम गरेका थिए । घोषणा गर्नु भन्दा पहिले दलित निगरानी केन्द्र गठन गरेर अभियान संचालन गरिएको थियो । दलित निगरानी केन्द्रका अध्यक्ष बिर बहादुर सुनारले भन्नुभयो, दलितले धारा खोल्ने र गैरदलितले पानी भर्ने जस्ता काम गरिएको थियो ।
 
घोषणा कार्यक्रममा अन्र्तरजातिय विवाह गर्ने सोहि गाविसका १२ जोडिलाई सम्मान गरिएको थियो । सम्मानित समाबेसि तथा अर्थपुर्ण सहभागिता, जातिय बिभेद छुवाछुत बिरुद्ध सबैको ऐक्यबद्धत्ता भन्ने मुल नाराका साथ एक कार्यक्रम गरेर काभ्रालाई छुवाछुत मुक्त गाबिस घोषणा गरिएको हो ।

– दिपक शर्मा
सल्यान पुस १४ – सल्यानको काभ्रा गाविसलाई छुवाछुत मुक्त गाविस घोषणा गरिएको छ । आज एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले छुवाछुत मुक्त गाविस घोषणा गरे । अन्य जातिहरु भन्दा दलितहरुको बाहुल्यता रहेको उक्त गाविसमा गैर दलितहरुले कुनै प्रकार जातिय विभेद अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे पछि भव्यताका साथ घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित संविधान सभा सदस्य प्रकाश ज्वालाले समाजमा कलंकको रुपमा रहेको जातिय विभेदलाई अन्त्य गर्न दलित र गैरदलितको समाज्यस्ताबाट मात्र संभव हुने बताउनु भयो । जातकै कारण दिनप्रतिदिन जघन्य अपराध भइरहेका समयमा छुवाछुत मुक्त गाविस घोषणा गर्नु एक महत्वपूर्ण कुन्जी भएको बताए ।

समाजमा कोही मानिस निच उच नहुने भन्दै सभासद ज्वालाले जातिको आधारमा विभेदगर्ने व्यक्तिलाई कडा कारवाही गराउन जनस्तरबाटै थालनी गरिनु पर्नेमा जोड दिए । उनले भने “जातका आधारमा यदि कोही कसैले विभेद गर्छ भने समाजबाट नै बहिस्कार गर्नु पर्छ । ”

कार्यक्रममा अन्तरजातिय विवाह गर्ने २० जोडीलाई समेत सम्मान गरिएको छ । काभ्रा गाविसमा मात्र २० जोडीले अन्तरजातिय विवाह गरेका छन् । दुवै पक्षका परिवारको सहमतिबाट विवाह हुने गरेको अन्तरजातिय विवाह गरेका प्रेम विकले जानकारी दिए । बुढापाकाले पहिले नमाने पनि हाल भने अन्तरजातिय विवाहलाई सहर्ष स्वीकार गर्न लागेको भनाई छ विमला बुढाथोकी को।

समाजमा रहेको विभिन्न कुरितिहरुलाई पर्दाफास गर्न विवाह गरेको बताउन छन् विवाहीत जोडीहरु । सल्यानको काभ्रा गाविस राप्तीको पहिलो छुवाछुत मुक्त गाविस हुन पुगेको छ ।

Posted by:
Mahabir Bishwakarma
Program Producer
Jagaran Media Center
P.O.Box:19619
Kathmandu, Nepal

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: