अमेरिकाबाट नेपालमा बिद्यामान जातीय छुवाछुट र जातीय बिभेदको अन्तयको माग

“दलितसंग जोडिएको जुन सामाजिक कुसंस्कार (सोसल स्टिग्मा) छ र ‘दलित’ शब्द छ, यि दुबै हट्नु पर्दछ”- डा. बिष्णुमाया परियार
“नेपालमा दलितहरु ९५ प्रतिशत जमीनबिहिन (landless) अवस्थामा रहेकाछन्”-कृष्ण सोब

By Pradeep Thapa Magar
Monday, 24 March 2014
वासिङ्गटन डिसी- नेपाली-अमेरिकन सोसाइटी फर अप्रेस्ड कम्यूनिटी (नासो कम्यूनिटी) द्वारा ‘विश्व जातीय भेदभाव उन्मूलन दिवस’ मार्च २१ को अबसरमा बिशेष अन्तरकृया कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा प्यानेलिस्ट र अतिथी बक्ताहरुले २१ औं शताब्दीमा पनि नेपालमा जातीय छुवाछुट र भेदभाव कायम रहिरहनु बिडम्बनाको कुरा भन्दै राज्य र सामाजिकस्तरबाट त्यस्तो बिभेदको तत्काल उन्मूलन थालिनु पर्ने र त्यो प्रथा कायम गर्नेलाई कडा कानूनी सजायको ब्याबस्था गरिनु पर्ने माग गरेकाछन्।

jdjd
Nepali-American Society for Oppressed Community (NASO Community) hosted an interaction program on Racial Discrimination in Nepal in Springfield, VA, USA on March 23, 2014. Photos: Pratha Magar for USNepalOnline

मार्च २३ तारिख आईतवार भर्जिनिया राज्यको स्प्रिङ्गफिल्डमा आयोजना गरिएको उक्त अन्तरकृया कार्यक्रम प्रमुख अतिथी नेपाली दूताबास वासिङ्गटन डिसीका काउन्सेलर नारायणप्रशाद मैनालीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए।

नासो कम्यूनिटीका अध्यक्ष दीपकजङ्ग विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोपाल विश्वकर्माले स्वागत मन्तब्य ब्यक्त गरेका थिए डिबी सागर विश्वकर्माले विश्व जातीय भेदभाव उन्मूलन दिवसबारे प्रकाश पारेका थिए। सोसाइटीका पूर्व अध्यक्ष धरम विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सन्चालन ईच्छा विश्वकर्माले गरेकी थिईन्।

सोही अबसरमा नासो कम्यूनिटीले प्रमुख अतिथी नेपाली दूताबास वासिङ्गटन डिसीका काउन्सेलर मैनाली समक्ष सोसाइटीद्वारा ‘विश्व जातीय भेदभाव उन्मूलन दिवस’ को अबसरमा सरोकारवालाहरुलाई सम्बोधन गरी जारी ज्ञापन पत्र बुझाएको थियो।

कार्यक्रमका प्यानेलिस्टहरु कृष्ण सोबले ‘Caste base discrimination and challenges’ बिषयमा, डा. बिष्णुमाया परियारले ‘Construction of Nepal and Dalit Women rights’ बिषयमा, डा. गोपी उप्रेतीले ‘View on social-economic approach as a main theme’ बिषयमा, माधबी बस्नेत कार्कीले ‘Analysis of the amendment of law’ बिषयमा र डा. चित्रकृष्ण कार्कीले ‘Analysis view by social and political view’ बिषयमा प्रकाश पारेका थिए।

त्यसैगरी, अतिथी बक्तहरुमा प्रमुख अतिथी नारायणप्रशाद मैनाली, डा. श्याम कार्की, होमनाथ तिवारी, एचबि भण्डारी र प्रदीप थापा मगर थिए।

प्यानेलिस्ट इन्टरनेशनल क्यापिटल मार्केट एशोसिएसनका ग्रान्ट एन्ड कन्ट्रेयाक्ट डाइरेक्टर कृष्ण सोबले नेपालमा दलितहरु ९५ प्रतिशत जमीनबिहिन (landless) अवस्थामा रहेको बताउँदै बाँकी ५ प्रतिशत दलित मध्येबाट ७७ प्रतिशत दलितहरुको शीर्फ ३ रोपनीभन्दा पनि कम जमिन रहेको दयनीय तथ्याङ्क पेश गरे। उनले भर्खरै अन्तरराश्ट्रिय श्रम संगठन (ILO) ले जारी गरेको तथ्याङ्क उल्लेख गर्दै दलितहरुको पर क्यापिटा कमाई ३९.६ डलर रहेको र उक्त कमाई संसारमा कुनै पनि मुलुकका जनताको कमाई त्यति कम नभएको बताए।

प्यानेलिस्ट इम्पावोर दलित वूमन अफ नेपाल (एड्वन) बोस्टनकि संस्थापक डा. बिष्णुमाया परियारले “२१ औं शताब्दीमा पनि जातीय छुवाछुट र भेदभाव हुनु मानब बिरुद्धको अपराध हो” भन्दै छुवाछुतको समस्या एउटा जाति, बर्ग र लिङ्गको समस्था नभई सबैको समस्या भएको र यो राष्ट्रिय बिशालु समस्यालाई सबैले मिलेर समाधान गर्नु पर्ने बताईन्।

उनले छुवाछुत प्रथा कायम गर्नेलाई कानूनले कडाइकासाथ सजाय दिनु पर्ने माग गर्दै हामीले पनि आफ्नो सोचाई लाई बादलनु पर्छ भनिन्- “हामीमै पनि म ठूलो हो, तँ सानो हो भन्ने सोचाईको जबसम्म अन्त हुन सक्दैन तबसम्म सयौं बर्षसम्म जकडिएर रहेको यो पोइजन (बिश) जान सक्दैन। र हामी साँच्चै नयाँ नेपाल हेर्न चाहन्छौं भने अब आउने दिनमा दलित मात्र होइन, कुनै पनि भेदभाव हुनु हुँदैन। र जुन दलितसंग जोडिएको जुन सामाजिक कुसंस्कार (सोसल स्टिग्मा) छ र ‘दलित’ शब्द छ, यि दुबै हट्नु पर्दछ।”

प्यानेलिस्ट डा. गोपी उप्रेतीले आफ्नो कार्यपत्र पेश गर्दै दलित समस्याको सम्बन्ध मूलरुपमा आर्थिक संरचनासंग जोडीएको उल्लेख गरे। उनले जातपात र छुवाछुतको समस्था नेपाली समाजको सामाजिक, आर्थिक पुनर्गठनको समस्या हो भन्दै उत्पादन र उत्पादनका साधन श्रोतको बितरणमा सामाजिक स्वामित्व नभएकोले गर्दा सामाजिक बिशमता, जातपात र छुवाछुत तथा शोषण सदासर्बदा कायम रहेको बताए।

प्यानेलिस्ट प्राध्यापक एबं वकिल माधवी बस्नेत कार्कीले सम्बोधन गर्दै नेपालको परिप्रेक्षमा जुनसुकै अधिकारको कुरा गरे पनि हामी एकआपसमा सम्बन्धित हुने र त्यसको असर पर्ने बताईन्। उनले अमेरिकामा बस्ने कम्यूनिटी र गाउँमा बस्ने समुदायबीच समन्बय हुने पर्ने र गाउँको मान्छेहरुलाई नबिर्सन आग्रह गरिन्।

प्यानेलिस्ट डा. चित्रकृष्ण कार्कीले सम्बोधन गर्दै “अमेरिकनहरु राष्ट्र बनाउने कुरामा दुई तीन सय बर्षकोलागि सोच्दछन् भन्दै हामी १० बर्षकोलागि पनि सोच्न सक्दैनौं” भने। उनले थपे- “हाम्रो काठमाडौं को घर वरपरको ८, १० फिटे बाटाहरु देख्दा हामीले दश बर्षकोलागि पनि सोच्न सकेकाछौं जस्तो लाग्दैन।”

प्रमुख अतिथी नेपाली दूताबास वासिङ्गटन डिसीका काउन्सेलर नारायणप्रशाद मैनालीले सम्बोधन गर्दै सरकारका साथै समाजले पनि सकृय सहभागीता नजनाईकन र जागरण नआईकन छुवाछुत प्रथाको समाजबाट नहट्ने बताए।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का संस्थापक अध्यक्ष साहित्यकार होमनाथ सुबेदीले पौराणिक हिन्दू नितीग्रन्थ मनुस्म्रितीमा शूद्र अर्थात दलित बनाईनेहरुमा युद्दमा कैद भएको, पेट पाल्नकोलागि दासत्व स्वीकार गर्ने, घरको दासीको छोरो, किनेर ल्याएको मान्छे, दानमा पाएको मान्छे, जसका पिता अझै पनि समाजमा दास भएका मान्छे र राजदण्डबाट बच्न दास बनेको वा राजअपराधी हुने ब्याबस्था रहेको उल्लेख गर्दै जीत र हारले ठूलो असर पर्ने, जितेकाहरुको साहित्य ठूलो हुने र उनिहरुले आफ्नोलागि साहित्य निर्माण गर्ने बताए। उनले ‘हारेका जति दलित हुन्छन् र दु:ख पाउँछन् भन्दै नेपालमा अहिले जुन संबिधान निर्माण हुँदैछ, त्यसमा हामीले जित्नु पर्‍यो र दलितको हक सुनिश्चित गर्नु पर्‍यो’ भने। उनले आफूले बिसं २०२४ सालमा आफ्नो गाउँ अर्घाखाँचीमा बाहुन युवाले विश्वकर्मा युवतीसंग बिहे गरेको नाटक लेखेको र त्यसको कारण आफूले गाउँ नै छोडेर हिंड्नु परेको दु:खद कहानी सुनाए।

++++++++++++++++++++++++++++++++++++++++++++

४९ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस (२१ मार्च) का सन्दर्भमा नेपालमा नयाँ संविधान निर्माण प्रक्रियामा सरोकारवालालाई नासो कम्युनिटीको हार्दिक अपिल !

आदरणीय सरोकारवाला व्यक्तित्वहरु,

हामी अहिले ४९ औं अन्तर्राष्ट्रिय जातिभेद दिवस मनाउन गैरहेका छौं । संयुक्त राष्ट संघको महासभाले यसलाई महासन्धिका रुपमा पारित गरेर हरेक वर्ष २१ मार्चमा विश्वभरी मनाउँदै आएको छ । नेपाल सरकारले यस महासन्धिमा हस्ताक्षर गरेको छ र हरेक २÷२ वर्षमा क्ष्ऋभ्च्म् मा जातिय भेदभाव अन्त्य गर्न राज्यले पहल गरेका प्रयत्नहरुको विवरण प्रतिवेदन पठाउनु पर्ने प्रावधान छ । नेपालमा वि.सं. २०२० को मुलुकी ऐन लागू भए पश्चात्को ५० वर्ष लामो अवधिमा जातिय भेदभाव अन्त्य गर्न पटक पटक कानून निर्माण भए पनि करिब ६० लाख जनसमुदाय अहिले पनि दिनहुँ जातिय छुवाछुत, घृणा र बहिष्कारको जिन्दगी विताउन बाध्यछन् । यति बेला हामीहरु नेपालको नयाँ संविधान बनाउने प्रक्रियामा छौं । नयाँ बन्ने संविधानमा युगौंदेखि जातिय भेदभावको मारमा परेका समुदायलाई स्पष्टरुपमा सामाजिक न्यायको ग्यारेन्टी र राज्यका सम्पूर्ण निकायमा उनीहरुको समानुपातिक प्रतिनिधित्व गराउन आवश्यक छ । नासो कम्युनिटीले पहिलो संविधान सभाले संविधान निर्माणका क्रममा पनि संविधान सभाका सभामुख, नेपाल सरकार, राजनैतिक पार्टीहरु र सरोकार पक्षहरुकाबीच आफ्नो सुझाव राखेको रुपमा छन् । तर दुर्भाग्यवस संविधान जारी हुन सकेन । यस पटक पनि नासो कम्युनिटीले विदेशमा बस्ने न्यायप्रेमी नेपालीहरुको समुदायहरुलाई लिएर विस्तृत सुझावपत्र निकट भविष्यमा संविधान सभामा दिने तयारीमा लागिरहेको यसै अपिल मार्फत् जानकारी गराउन चाहन्छौं । तर आज जातिभेद विरुद्धको ऐतिहासिक दिन (२१ मार्च) सन्र्दभमा सरोकार पक्षहरु संविधान सभा, नेपाल सरकार, राजनैतिक पार्टी, दलित संघ संस्था, नागरिक समाज तथा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको नयाँ संविधानमा तपशीलका विषयहरुलाई अनिवार्य सम्बोधन गर्न हार्दिक अपिल गर्दछौं ।

१) आम उत्पीडित समुदाय मात्र होइन सिंगो नेपाली जनता संघिय लोकतान्त्रको नयाँ संविधानको पर्खाईरहेका छन् । सबै राजनीतिक पार्टीहरुले घोषणा गरे बमोजिम १ वर्ष भित्रमा नेपाली जनताको चाहना अनुरुपको संविधान जारी गर्न अनुरोध गरिन्छ ।
२) संविधान निर्माण सबै प्रक्रियाहरुमा उत्पीडित समुदायको अनिवार्य सहभागिताको ग्यारेन्टी गर्न संविधान सभा तथा नेपाल सरकारसंग हार्दिक आव्हान गरिन्छ ।
३) जनआन्दोलन २०६२/६३ ले केन्द्रीकृत शासन व्यवस्थाको अन्त्य, धर्म निरपेक्षता, बञ्चितीकरणमा पारिएको समुदायलाई समानुपातिक सहभागिता/समावेशिकरण आदि सवाल माथि निर्देश गरेको थियो । अब बन्ने संविधानमा ती सबालहरु समावेश गर्न हार्दिक आव्हान गरिन्छ ।
४) एकल जातिय पहिचान सहितको संघियतामा दलित उत्पीडित समुदायको हक अधिकार सुरक्षित नहुने हुनाले बहु पहिचान सहितको संघियता बनाउन हार्दिक अपिल गरिन्छ ।
५) आज पनि छुवाछुत जातिय विभेदबाट देशको २५ प्रतिशत जनसंख्या पीडित रहेको तथ्य दिनहुँ आइरहेका छन् । त्यो समस्यालाई अन्त्यका लागि संविधानको मौलिक हक अन्तरगत छुवाछुत विरुद्धको हक भनि प्रावधान राख्न हार्दिक अपिल गरिन्छ ।
६) छुवाछुत तथा जातीय विभेद जस्तो जघन्य अपराधलाई कानूनतः दण्डनिय बनाइएको भएता पनि दिनहुँ अपराधहरु घटिरहेका छन् यस प्रकारको अपराध अन्त्यकाृ लागि कानूनी प्रावधानलाई व्यवहारमा लागू गर्न वाध्यात्मक व्यवस्था गर्न अपिल गरिन्छ ।
७) लामो समयदेखि उत्पीडित समुदायलाई जल, जमीन, जंगल तथा अन्य प्राकृतिक साधन श्रोत माथि बञ्चितिकरण गरिएको हुँदा उनीहरुको समुचित पहुँचको प्रावधान समावेश गर्न अपिल गरिन्छ ।
८) राष्ट्रिय दलित आयोगलाई स्वतन्त्र निष्पक्ष बनाउन संबैधानिक आयोगको रुपमा घोषणा गरियोस् ।
९) छुवाछुत, जातिय विभेदलाई स्पष्ट पारी (सार्वजनिक, निजी आदिको परिभाषा) अपराध गर्नलाई कडा कार्वाही र पीडितलाई क्षतिपूर्तिको स्पष्ट गरियोस् ।
१०) अब बन्ने संविधानमा छुवाछुत कुप्रथा हटाउने के गर्ने भन्ने स्पष्ट रुपमा समावेश गरियोस् ।
११) उत्पीडित समुदायको शिक्षा स्वास्थ्य, खाद्य स्वच्छ पिउने पानी आवास जस्ता अधिकारहरु आधारभूत अधिकार भित्र पर्ने आवश्यकतालाई राज्यको निर्देशक सिद्धान्तभित्र मात्र नराखी सामाजिक आर्थिक अधिकारभित्र समावेश गरियोस् ।
१२) नेपाल संयुक्त राष्ट्र संघको आर्थिक, सामाजिक सांस्कृतिक महासन्धीको पक्ष राष्ट्र भएकोले उत्पीडित समुदायको गुणस्तर शिक्षाको लागि आवश्यक छात्रवृति गर्ने व्यवस्था नयाँ संविधानमा समावेश गर्न अनुरोध गरिन्छ ।
१३) उत्पीडित समुदायको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारलाई ग्यारेन्टी गरियोस् ।
१४) जुन जाति भए पनि आफूले मन पराएको व्यक्तिसंग वैवाहिक सम्बन्ध राख्ने अधिकार ग्यारेन्टी गरिनुका साथै वैवाहिक सम्बन्ध कायम गर्दा जातिको आधारमा विभेद गर्नेलाई कडा रुपमा कानूनी कार्वाहीको व्यवस्था गर्ने ।
१५) विद्यमान छाउपडी प्रथा, दाइजो प्रथा बाल विवाह, कमलरी, कमैया, बालीघरे आदि उन्मुलन गरी पीडितलाई क्षतिपूर्ति र पीडकलाई सजायको व्यवस्था गर्ने ।
१६) उत्पीडित समुदायका महिलाहरुलाई त्रिपल विभेदबाट पीडित छन् । यस समस्या समाधानकोलागि उपयुक्त कानून नियम बन्नु पर्दछ ।

अन्यमा, जातिय बिभेद उन्मदलनकोलागि निरन्तर सर्घषमा लागिरहनु भएका सम्पुर्ण न्यायप्रेमी समुदायलाई निरन्तर जुझारु सर्घसमा लागिरहन हामी परदेशमा रहनेहरुकोतर्फबाट हार्दिक आव्हान गर्दै यस आन्दोलन प्रति हामा्रे सधै एक्यबद्धता, सहयोग रहने प्रतिबद्धतासमेत प्रकट गर्दछौ ।

धन्यवाद,

दीपकजंग विश्वकर्मा
अध्यक्ष,
नासो कम्युनिटी
मार्च २१, २०१४

Source: www.usnepalonline.com

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: