महाकवि देवकोटालाई दलित आन्दोलनले सम्झिनु पर्दा….

– अमर बराईली

क्षेत्रीको छोरो यो पाउँ छुन्छ घिनले छुदैन मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने श्लोक महाकवी लक्ष्मी प्रसाद देवकोटा आफनो मुना मदन काव्यबाट लिईएको हो वास्तवमा वहाँले लिएको नारा अझ सम्म पनि अमर बनेर रहेको छ । वहाँले लिईएको श्लोक सार्वजानिक स्थलहरुमा लेखिएको हुन्छ र नागरिक समाजले सबैले श्लोकलाई पढीसक्दा नसक्दै सो श्लोकलाई विर्सीएको पाउन सक्छौ । वास्तवमा लक्ष्मी प्रसाद देवकोटाले लिएको नारा अझ कार्यान्वयन भईदिएको भए भावी पूस्ताहरुले ठुलो र सानो जाति भन्ने भेदभाव समाजबाट आज अन्त्य भईसकेको हुने थियो होला ।

१९९९ साल काठमाण्डौको डिल्लीबजारमा तिहारको लक्ष्मीपुजका दिन जन्म लिएका महाकवि लक्ष्मी प्रसाद देवकोटा आज नेपालीहरुको माँझमा अस्ताए पनि वहाँले दिएको दिव्यउपदेशहरुलाई हामी सारा नेपालीहरुको ढुकढुकीहरुमा हुनुहुन्छ । वहाँलाई विशेष गरेर दलित समुदायहरुलाई सकारात्मक सन्देश दिएर अस्ताए राष्ट्रले महाकवीको उपािधि समेत समेत पाए वहाँले नेपाली भुमिमा सहित्यकारको क्षेत्रमा गहिरो प्रभाव आज सम्म पनि सारा नेपालीहरुले भुल्न सकेका छैनन् अझ तीक्ष्ण बुद्धि भएका महाकवि देवकोटाले कुञ्जनी महाकाव्य, सूलोचना महाकव्य, मुकुन्द ईन्दिरा खण्डकाव्य,मुना मदन कविता सग्रह लगायत धेरै कविता सग्रह जस्ता चर्चित पुस्तकहरु लेखेर वर्तमान सम्म आईपुग्दा गहिरो छाप छोडेर अलबिदा भए। आज सारा नेपाली भुमिमा रहने सहित्यकारले समेत उनीलाई सम्झिने गरेका छन । उनको जन्मदिन भव्यताका साथ मनाउने समेत गरिएको छ ।

विुश्वेश्वर प्रसाद काईरालाको मन्त्रीपण्डलमा शिक्षा मन्त्री समेतको नेतृत्व सम्हालेका थिए। वास्तवमा महाकवि लक्ष्मीप्रसाद देवकोटा नरहेपनि वहाँको विचारहरुलाई स्कारात्मक रुपमा सारा नेपालीहरुले लिईनु पर्दछ । अझ भन्नु पर्दा वर्तमान सम्म आईपुग्दा नेपलाी भुमिका रहेका ६० लाख दलित समुदायहरुले त किन विर्सन सक्छन वहाँले दलित समुदायहरुका लागि सकारात्मक वाणी छोडेका थिए तरा त्यो महावाणी मानिस ठूलो दिलले हुन्छ जातले हुदैन भन्ने वाणी ठिक उल्टो सन्देश दिएको दलित समुदायहरुले महसुुस गरेका छन् दलित अधिकारकर्मी ज्ञान कुमार परियार वास्तवमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको सिद्धान्तलाई आज सारा नेपालीहरुले कार्यान्वयन गरिदिएको भए छुवाछुत र विभेद आज समाज र देशबाट अन्त्य भसएर अहिले सम्मका पिडीहरुलाई थाहा नै हुने थिएन भन्ने गुनासो राख्नुभएको थियो । साहित्यकार पदम सुन्दास भने महाकवी देवकोटालाई दलित आन्दोलनले सििम्झनु पर्दछ किनकी वहाँले जातिया विभेद अन्त्य गर्नको लागि नेपालीलाई सकारात्मक सन्देश छोडेर जानु भएको थियो ।
महाकवि देवकोटाले गरिब र धनी विच र माया र प्रेम विच पनि गहिरो परिभाषित गरेका थिए र साग र सिस्नो खाएको राम्रो आनन्दी मनले भन्ने मुना मदन कवितामा उल्लेख गरेका छन् वास्तवमा विछोडिएकी मुना र मदनको भेटमा प्रेमको भावलाई समेत राम्रो सन्देशको रुपमा आज सारा नेपालीहरुले लिएका छन् ।

दलित समुदायहरुले अब महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मदिन आगामी आउने लक्ष्मी पूजामा दिन गनिबुत रुपले साहित्यकार लगायत सारा नेपालीहरुले मनाईरहदा वहाँले लिएको महान वाणीलाई कार्यान्वयन पक्षमा कति व्यावहारिक छ वहाँको महान वाणीलाई कसरी कार्यान्वयन मुखी बनाउने भन्ने सोच बनाउनु जरुरी छ । गरिब र धनी विचको भेदभाव को खाल्डो,दलित समुदायहरुलाई गरिएको भेदभावको शिकार,माया र प्रेम विर्सीएर पारिवारीक द्धन्दमा परी सम्बन्ध विच्छेद गरेका जोडीहरुलाई र सम्बन्ध विच्छेद गर्नलाई तत्मयार भएका जोडीहरुले महाकवि देवकोटाले लिएको सन्देशको बाटोमा हिड्नु पर्छ । महाकविको व्यात्वित्वलाई सम्झेर माात्र होईन वहाँले लिएको महा वाणीलाई कार्यान्वयन मुखी बनाउनको लागि लागि के भुमिका खेल्न सकिन्छ त्यस महावाणीलाई कार्यान्वयन मुखी बनाउनको लागि के भुमिका हुन र रहन सक्छ भन्ने भन्ने सोचाई बनाउन आवश्याक छ । देवकोटालाई सम्झेर औपचारिकता ्मात्र गरेर केही हुनेवाला छैन् ।

महाकवि देवकोटाको महावाणीलाई सन्देशमुलक शिक्षा त दियो तर एक कानले सुनेर अक्रो कानबाट उडाईदिने कारणले समाजमा बिद्यामान रहेको विभेद आज सम्म झाँगिएर रहेको छ । यो समाजबाट अझै अन्त्य भईनसकेको स्थिती छ । खासगरी महाकवि देवकोटाले लिएको सिद्धान्तलाई आत्मसाथ गरी तत्कालिन श्री ५ महेन्दले २०२० को मुलुकी ऐनको अदलको १० क मा जातिया छुवाछुत र विभेदको दण्डनिय कानुनको व्यवस्था गरिएको थियो । अझ भन्नु पर्दा जातिय भेदभावलाई दण्डनिय बनाएको आज ५१ बर्ष पुरा भएको छ । र २०६३ मा मौलिक हकको रुपमा उल्लेख गरिएको छ । जातिय भेदभाव र छुवाछुतलाई पुर्णत दण्डनिय घोषणा गरी जातिया भेदभाव र छुवाछुत लाई जातिया भेदभाव र छुवाछुत कसुर र सजाय ऐन २०६८ साथै ०२६३ मा छुवाछुत मुक्त राष्ट घोषणा भएको वर्तमान सम्म आईपुग्दा खाई त महाकवि देवकोटाको महावाणी कार्यान्वयन भएको आखिर महावाणी नै काफी थियो यति धेरै दण्ड जरिवानाको व्यावस्था राज्यले गनुपर्ने स्थिति आउने थिएन् होला । तसर्थ महाकवि देवकोटाले छाडेको महावाणीलाई कार्यान्वयन गरौ जातियताको तगारोलाई तोडौ र विभेदको अन्त्य गरौ । धनी र गरिब विचको भेदभावलाई अन्त्य गरौ,माया ,प्रेम सदभाव कायम गरयौ भने मात्र साच्चिकै महाकवि देवकोटाको जन्मदिनले सार्थकता पाउने छ ।

लेखक नेपाल राष्टिय दलित समाज कल्याण संघ मोरग विराटनगरका कार्यक्रम संयोजक हुन ।

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: