दलित सर्दार वस्तीमा अभिमुखीकरण सम्पन्न

– अमर बराईली

झोराहाट , २१ कार्तिक ्र ,२०७१ । झोराहाट गा.बि.स.५ को दलित सर्दार  वस्तीमा  नेपाल राष्टिय दलित समाज कल्याण संघ ९ल्ल्म्क्ध्इ० मोरगले जातिया भेदभाव छुवाछुत अन्तगर्त राष्टिय कार्ययोजना कार्यान्वयन र अन्तराष्टिय सुरक्षा परिषद् १३२५ र १८२०  र लैगिक हिसा र यौनजन्य हिसा सम्बन्धी  अभिमुखीकारण कार्यक्रम सम्पन्न भएको छ ।
संघका अध्यक्ष जीवन घतानीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा दलित सर्दार जोगीन्दर सरदार ,विशाल सर्दार समुदायका पुर्व शिक्षक ,गंगा सरदार,पर्व गा.बि.स.अध्यक्ष ,हरीलाल राम, र सरदार टोलका अगुवा बच्चन राम  नरेन्द्र सर्दार लगायतले दलित समुदायको अति पिछाडिएको जाति सरर्दारहरु हाल भुमिहीन र सुकुम्बासी रुपमा बसोबास गरिरहेको ,शिक्षा क्षेत्रमा पछाडी परेको हुदा नेपाल सरकारले विशेष कार्यक्रम ल्याइनु पर्नेमा जोड दिएका थिए। त्यसै गरी नेपाल सरकारले हालै भुमिहीन हरुलाई सुकुम्बासी समस्य सावधान आयोगले गा.बि.स.मार्फत आवेदन फारम भराईरहेको तर दर्ता शुल्क रु ३०० लिईने भएको हुदा दलित समुदायहरुले सो रकम तिर्न नसक्ने भएको हुदा उक्त दर्ता बापतको रकम छुट पाउनु पर्ने गुनासो समेत पोखे ।

यस अभिमुखीकरणले हामी जस्ता अशिक्षित समुदायको घर दैलोमा आई कार्याक्रम संचालन गरेर दलित समुदायहरुका कानुनी कुरा , र सरकारले उपलब्ध गराएको सेवा सुविधाहरुको बारेमा र महिला हिसा ,बालबालिका हिसा र मानव अधिकार सम्बन्धी ज्ञान हासिल गरेको यस्ता कार्यक्रमलाई निरन्तरता दिनका लागि समेत आयोजक संस्थालाई अनुरोध गरेका थिए। साथै उक्त कार्यक्रममा दलित सन्जाल झोराहाटका अध्यक्ष हस्त बराईली,आयोजक संस्थाका उपाध्यक्ष मीना विश्वकर्मा ,मुक्ति समाज मोरगका अध्यक्ष जीतनारायण सर्दार समेतले शुभकामना मन्त्यब्य राखेका थिए।

दोश्रो चरणको कार्यक्रममा राष्टिय कार्ययोजना कार्यन्वयन २०६८ ,लैगिक हिंसा  , यौनिक हिसा र  अन्तराष्टिय सुरक्षा परिषद् १३२५ र १८२० सम्बन्धी , जातिया छुवाछुत सजाय कसुर ऐन सम्बनधी अभिमुखीकरण संघका कार्यक्रम संयोजक अमर बराईली ज्यु सहजीकरण गनुभएको थियो उक्त कार्यक्रममा जातिया भेदभाव तथा छुवाछुत सजाय र कसुर ऐन २०६८ को ऐन सम्बन्धी किताब वितरया समेत गरिएको थियो ।

उक्त  कार्यक्रमका दलित सरदार वस्तीका ६४ जनाको सहभागिता रहेको थियो ।  । दलित मानव अधिकार परियोजना अन्तगर्त मोरग जिल्लाका ५ गा.बि.स.मध्ये विराटनगर र झोराहाटमा कार्यक्रम सम्पन्न भईसकेको र अब भौडाहा,कटहरी,टंकीसिनवारी  गा.बि.स. का दलित बस्तीहरुमा सोही प्रकृतिको  अभिमुखीकारण कार्यक्रम संचालन गरिने संघका अध्यक्ष जिवन घतानी ज्यु ले  गर्नू भएको थियो ।

Article with event pictures:Sardar tole abhimukhikaran

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: