जागरण मिडिया सेन्टर
कार्तिक ११, काठमाण्डौं ।
जागरण मिडिया सेन्टर र मानव अधिकार पत्रकार संघको संयुक्त आयोजनामा ‘मिडियामा सुनसरीमा सम्पन्न भएको छ । सुनसरीको ईटहरी नगरपालिकामा यही अक्टोबर १७ र १८ मा सञ्चालित अभिमुखीकरणमा जिल्लाका २३ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।
नेपालमा मिडियाको विकाससँगसँगै सामाजिक मुद्दाहरु बिस्तारै उठ्दै आइरहेका छन् । यद्यपि, यसरी सञ्चालनमा आएका मिडियाले पर्याप्त मात्रामा सामाजिक विविधता र लैङ्गिक समानताका मुद्दा उठाउन सकिरहेको छैन ।
यसैगरी लैङ्गिक समानताका दृष्टिले नेपाली मिडिया अझैं पनि संवेदनशील हुन नसकिरहेको बताउँदै कार्यक्रमका प्रशिक्षक तथा अस्मिता महिला प्रकाशन समूहका कार्यकारी निर्देशक मञ्जु थापाले भन्नुभयो, ‘सञ्चार क्षेत्र महिला तथा सिमान्तकृत मैत्री हुनु आवश्यक छ । लैङ्गिक सरोकारको मुद्दा महिलाको मात्रै मुद्दा नभइ सिङ्गो सामाजिक मुद्दा भएका कारण लैङ्गिक समानताका लागि मिडियाले सशक्त भूमिका खेल्नु पर्छ ।’ लैङ्गिक समानताबारे मानिसहरुमा रहेको परम्परागत विभेदकारी दृष्टिकोणमा परिवर्तन ल्याउन तालिमले सहयोग गर्ने उहाँको धारणा थियो ।
जागरण मिडिया सेन्टरको स्थानीय संयोजनमा भएको अभिमुखीकरणमा लैंङ्गिक समानताका विविध आयाम बारे प्रशिक्षक मञ्जु थापाले तालिम दिनुभएको थियो भने सामाजिक विविधता प्रबद्र्धन र पत्रकारको दायित्वबारे उमेश विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी जिल्लाका मिडियामा सामाजिक विविधता र लैङ्गिक समानताको अवस्था, चुनौती र अवसरबारे सहभागी पत्रकारहरुले आफ्ना अनुभवहरु आदानप्रदान गरेका थिए ।
तालिमको समापन समारोहमा सहभागीहरुको तर्फबाट बोल्दै पत्रकार भोजराज श्रेष्ठले तालिम निकै उपलब्धीमुलक भएको बताउँदै ‘तालिमले सामाजिक विविधता र लिङ्ग र लैङ्गिकता जस्ता विषयमा बुझ्न निकै सघाउ पु¥याएको र यस्ता विषयमा खोज पत्रकारिता गर्न प्रेरित गरेको’ बताउनुभयो । त्यसैगरी अर्का सहभागी लक्ष्मी दर्नालले यस्ता अभिमुखीकरण कार्यक्रमहरु समय समयमा आयोजना हुनुपर्ने भन्दै कार्यक्रमले पत्रकारहरुको सीप र क्षमतामा अभिवृद्धि गरि उनीहरुको व्यवसायिकता निर्माणमा सहयोग पु¥याउने बताउनुभयो । कार्यक्रमका सहभागीहरुमध्ये २ जनालाई सामाजिक विविधता र लैङ्गिक समानतामा खोज पत्रकारिताका लागि फेलोसिप दिने घोषणा गरिएको थियो ।
उक्त तालिम संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को)अन्तर्गत सञ्चारको विकासका लागि अन्तर्राष्ट्रिय कार्यक्रम (आइपीडीसी)को सहयोगमा सम्पन्न भएको थियो ।
मिडियामा सामाजिक विविधता र लैङ्गिक समानता अभिवृद्धिका लागि अन्तरक्रिया :
अभिमुखीकरणको समापन पछि स्थानीय रेडियो र छापा माध्यमका सम्पादक, समाचार प्रमुख तथा व्यवस्थापकहरुसँग सुनसरी जिल्लामा सामाजिक विविधता र लैङ्गिक समानताको अवस्था विषयमा अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रियामा सहभागी पत्रकारहरुले सामाजिक विविधता र लैङ्गिक समानतालाई प्रबद्र्धन गर्नका प्रयत्न भइरहेको र आगामी दिनमा थपजोड दिने बताएका थिए । जिल्लामा क्रियाशील पुराना र नयाँ पत्रकारहरुबीच छलफल र अन्तरक्रिया बढाउने र विभिन्न विकल्पहरुको उपयोग गरेर सञ्चार माध्यमका विषयवस्तु र सहभागीतामा विविधता ल्याउने सहभागीहरुले बताएका थिए । विजयपुर एफ.एम.का पत्रकार विजय राई, दिव्य रोशनी साप्ताहिकका सम्पादक मनिला चाम्लिङ,नयाँ सँसार साप्ताहिकका सम्पादक प्रेम बास्तोला, धरान साप्ताहिकका सम्पाद मणिराम भट्टराई, विश्वस्त सुत्र साप्ताहिकका सम्पादक गोयाल देवान, गोरखापत्रका संवाददाता जयकृष्ण यादव, दिव्यदृष्टि साप्ताहिकका सम्पादक केशवकुमार भण्डारी आदिले लैङ्गिक समानता र सामाजिक विविधीकरणलाई प्रबद्र्धन गर्न पूर्वाञ्चलका मिडियाहरुले सक्दो प्रयास गरिरहेको भएपनि व्यवहारिक कठिनाईका कारण पूर्ण रुपमा सफलता हासिल गर्न नसकेको विचार राखेका थिए ।
–
P.O.Box:19619
Kathmandu, Nepal
Off: +977 1 4780597/4781216
Website: www.jagaranmedia.org.np
e-mail:katwal@jagaranmedia.org.np
http://jagaranmediacenter.wordpress.com