दलित समुदायको अधिकार रक्षाका लागि सहमतिका साथ संविधान आउनुपर्नेमा जोड

– महावीर विश्वकर्मा

काठमाण्डौं, १२ मंसिर । दलित समुदायको अधिकार रक्षाका लागि सहमतिका साथ संविधान आउनुपर्नेमा एकीकृत नेकपा माओवादीबाट संविधान सभामा प्रतिनिधित्व गर्ने दलित समुदायका सभासदहरुले जोड दिएका छन् । ७ जना सभासदहरु दलजीत श्रीपाली, अनिताकुमारी परियार, दुलारी हरिजन, धना पहरी, कर्णबहादुर वि.क., धनमाया वि.क. र सीता नेपाली सभासदहरुद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा सत्तारुढ दलहरुको साझा अवधारणाप्रति असहमति पनि जनाएका छन् । सो साझा अवधारणाले समानुपातिक समावेशीको सिद्दान्त खारेज गर्ने भन्दै उनीहरुले असहमति जनाएका हुन् । दलित समुदायलाई क्षतिपूर्ति सहितको पूर्ण समानुपातिकको व्यवस्था हुनुपर्ने धारणा समेत उनीहरुले राखेका छन् । दलहरुको साझा अवधारणाले दलित आन्दोलनसँगै जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलनको समेत भावनाको खिल्ली उडाएको उनीहरुको ठहर छ ।

सात जना सभासदहरुद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ, “राज्यले ऐतिहासिक उत्पीडनको क्षतिपुर्ति सहित राज्यका हरेक क्षेत्रमा सम्मानजनक पुर्ण समानुपातिक प्रतिनिधित्व हुनुपर्ने माग गरिरहेको दलित समुदायलाई ती दलहरुको कदमले घात गरेको मोर्चाको ठहर छ । राज्यले क्षतिपुर्तिको सिद्धान्तलाई अवलम्बन नगरेसम्म अमानवीय जातीय भेदभाव तथा छुवाछुतको अन्त्य हुन नसक्ने हुँदा हामी सो साझा अवधारणामा सार्वजनिक गर्ने सत्तारुढ दलहरुलाई यसतर्फ गम्भीर हुनका लागि हार्दिक अनुरोध गर्दछौँ ।”

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: