जातीय भेदभावको उजुरी परेपछि दलित महिलाको जागिरको आवेदन स्वीकार

– मनिष दुवाडी

धादिङ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गजुरीले दलित महिला सन्तोषी विकको जागिर खान आवेदन स्वीकार गरेको छ । बैंकले कार्यालय सहयोगीमा काम गर्न निवेदन दिन गएकी सन्तोषीलाई म्योनजर शंकरप्रसाद पौडेलले दलित भनी फर्काइदिएको भन्दै उनले कारवाही माग गर्दै जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी गरेकी थिइन् । बैंकले उनको निवदेन नलिएको समाचार मंसिर ४ को अन्नपुर्ण पोष्ट्मा छापिएको थियो ।

म्यानेजर पौडेल बिरुद्द जातीय भेदभावको उजुरी परेपछि जिल्ला प्रहरी कार्यलयले सोमवार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । दलित अधिकारकर्मीहरुको रोहवरमा भएको छलफलमा म्यानेजर पौडेलले गल्ती गरेको स्वीकारेर माफी माग्दै निवदेन स्वीकारी उनको निवेदनलाइ पहिलो प्राथमिकता दिने सहमति जनाएका थिए ।

‘छलफलमा म्यानेजरले गल्ती स्वीकारी माफी पनि मागे’, दलित अधिकारकर्मी श्यामबहादुर मगरातीले भने, ‘उनलाई कार्यालय सहयोगी राख्न पहिलो प्राथामिकता दिने सहमती गरायौं ।’

 पौडेलले गरिव तथा विपन्न कर्जा शीर्षकमा उनलाई सहुलियत दरमा ऋण निकाल्न सहयोग गर्ने म्यानेजरले प्रतिवद्धता जनाएपछि विवाद छिनोफानो भएको हो ।

Posted at nepaldalitinfo email group by:
Mahabir Bishwakarma
Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: