संयुक्त राजनीतिक दलित संघर्ष समिति–२०६६ को प्रेस विज्ञप्ति

संयुक्त राजनीतिक दलित संघर्ष समिति–२०६६

मितिः २०७१-१०-०२

विषयः प्रेस विज्ञप्ति

जातीय पहिचानसहितको संघीय संविधान निर्माणका लागि प्रमुख राजनीतिक दल एवं सरोकारवालाहरुलाई खबरदारी गर्ने मुख्य उद्देश्यले आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले आज माघ २ गते काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको शान्तिपुर्ण जनसभालाई लक्ष्यित गरी  गरिएको प्रहरी दमन र हस्तक्षेपबाट ९ जना आदिवासी जनजाति योद्धाहरु घाइते हुन पुगेका र ११ जना योद्धाहरुलाई २ घण्टा प्रहरी नियन्त्रणमा लिएकोमा हाम्रो समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
शान्तिपुर्ण जनप्रदर्शन र धर्ना गर्न पाउने लोकतान्त्रिक राज्य प्रदत्त अधिकारको सदुपयोग गर्दै आफ्ना जायज र न्यायपुर्ण मागहरुलाई नयाँ संविधानमार्फत संबोधन गराउन प्रयत्नरत नेपालका आदिवासी जनजाति समुदायको मुद्दा र आन्दोलनप्रति हाम्रो संघर्ष समिति पूर्ण ऐक्यबद्धता प्रकट गर्दछ । यसप्रकारको शान्तिपुर्ण आन्दोलनमा गरिएको निर्मम हस्तक्षेप र रबैयाले समग्र उत्पीडित वर्ग, जाति, जनजाति, दलित, महिला, मधेशी, क्षेत्रीय उत्पीडनमा परेका जनताप्रति यो राज्य कति निर्लज्ज र पूर्वाग्रही रहेछ भन्ने कुरा छर्लङ्ग भएको छ । विश्वव्यापी मान्यता, लोकतान्त्रिक राज्यको व्यवस्थाअनुरुप विद्रोह गर्न पाउने जनताको अधिकारमाथि गलत रबैया प्रदर्शन नगर्न यो सरकारलाई कडा चेतावनी दिन चाहन्छौं । साथै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, मधेशी र क्षेत्रीय उत्पीडनमा परेका जनसमुदायको भावना र मर्मलाई सतप्रतिशत सम्बोधन गरी सहमतिबाटै नयाँ संविधान छिटोभन्दा छिटो जारी गर्न नेपाल सरकार, संविधानसभा तथा सरोकारवाला सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौं ।
साथै अन्धाधुन्ध लाठीचार्ज र कुटपीटबाट घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्न र अन्धाधुन्ध लाठी प्रहार गर्न निर्देशन गर्ने प्रहरी अधिकारीलाई सख्त कारवाही गर्न जोडदार माग गर्दछौं ।
दलजीत श्रीपाली

संयोजक

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: