भगत सर्वजित विश्वकर्माले शुरु गरेको दलित आन्दोलनको सात दशक

AMAR BARAILI– अमर बराईली, दलित अधिकारकर्मी

कुनै वर्ग वा समुदायको आन्दोलनको अग्रणी भुमिका वा नेतृत्वदायी भुमिका  एक जना अग्रजले शुरुवात गर्छन अनि त्यही वर्गका सबैले त्यो आन्दोलनलाई निरन्तरता दिन्छन ।  दलित आन्दोलनका सवोच्च अग्रज १९९७ मा आन्दोलनको शुरुवात गर्ने पहिलो दलित भगत सर्वजित विश्वकर्मा नै हुन्, जसरी केही समय यता भुटानी आन्दोलनका नेता टेकनाथ रिजाल, सिक्कीम गोर्खाल्याण्ड आन्दोलनका नेता सुभाष घिसीग,आदिवासी आन्दोलनका तुर्सा हेमरम हरुले गरेको देखिन्छ ।  दलित आन्दोलनले धेरै फड्को मारी आज यहाँ सम्म आएको छ र राज्यका सबै दलित समुदायहरुको साथ  र समर्थनले पनि आन्दोलनले केहि फड्को मारेको भए पनि जातिय छुवाछुतको आन्दोलन भने अझै निरन्तर चलिरहेको छ । भगत सर्वजित विश्वकर्मादेखि आजसम्म दलित आन्दोलनको सात दशक पुरा गरेको भएपनि यसको असर समाजमा अझै पर्न नसकिरहेको अवस्थामा हामी छौ । आन्दोलनका क्रममा धेरै दलितहरुले शाहदात प्राप्त गरे र दलित आन्दोलनका घाईतेहरुका साहसले अरु दलितहरुमा पनि साहस पलाएको छ जब सम्म राज्यमा जातिय छुवाछुत र भेदभाव कायम रहिरहन्छ तवसम्म यो दलित आन्दोलनले विश्राम लिने छैन । भगत सर्वजित विश्वकर्माले जुन उदेश्य र परिकल्पना लिनु भएको थियो त्यो परिकल्पनाको महशुश नभएसम्म आन्दोलन निरन्तर पाईरहनेछ । यो आन्दोलन स्वार्थको लागि होईन २१ औ शताब्दीको समाजमा मान्छेलाई गरिने पशु समानको व्यावहारको अन्त्य नभएकासम्मका लागि यो आन्दोलनले निरन्तरता पाउने छ । समाजमा त्रिशुल डामिएर छोडिएको सडाहाको डाम जस्तै दलित शब्दको पनि अन्त्य हुनेछ । अनि माईला कामीको छोराले दाहाल पण्डितकी छोरीसँग मागी विवाह गरेर यो समाजका सवै भद्र भलादमीहरुले अशिर्वाद दिए पछि, कार्की अन्तर पण्डितको घरमा भोटे दर्जी खुशीसाथ घर भित्र बसेर सँगै खाँदा, बब्लु शाहको मन्दिरमा सन्तोष डुमको परिवारले पुजा आजा गरिसकेपछि सो कुरालाई स्वीकार गने समाज भईसकेपछि अनि मात्र भगत सर्वजित विश्वकर्माले शुरुवात गरेको दलित आन्दोलनले विश्राम पाएको अनुभुति भएको मानिने छ ।

भगत सर्वजित विश्वकर्माले शुरुवात गरेको आन्दोलन अहिले सात दशक पुरा भएको छ । अधिकार प्राप्तिको लागि सघर्ष एक मात्र विकल्प भन्ने निश्कर्षका साथ सर्वजितले शूरु गनू भएको आन्दोलन आज अधिकार प्राप्तिको निर्णायक विन्दुमा अभिएको छ । १९९७ ताका, जतिखेर दलित समुदायहरुले आफनो अधिकारको कुरा गर्न नपाउने अवस्था थियो र समान्य पुरोहित, पण्डित, शास्त्र अध्ययन गरेका र्सग छुवाछुतको विषयमा प्रश्न गर्ने समेत हिम्मत कसैको थिएन्, त्यतिखेर भगत सर्वजित विश्वकर्माले शास्त्राको गहिरो अध्ययन गरी त्यही शास्त्रलाई अस्त्र बनाई अपमानको विरुद्ध प्रहार गनुभयो । तत्कालिन समयमा बाग्लुग र पाल्पाका केहि दलितहरुलाई लिएकार आन्दोलनको शूरुवात गनुभयो । २००४ सालमा विश्व सर्वजन संघ जुन नेपालको दलितहरुको पहिलो संगठन हो को स्थापना गनुभयो । सोही सगठनको आन्दोलन गरे वापत वहाँ जेल पनूभयो । वहाँको २०१२ सालमा निधन भयो “शिक्षीत होऔ, संगठित बनौ र संघर्ष गरा”ै भन्ने मूल मन्त्रका साथ सूरु भएको दलित आन्दोलन अहिले सम्म निरन्तर रहेको छ ।

सर्वजितले दलित आन्दोलनका लागि गहिरो सन्देश समेत दिई आन्दोलनका क्रममा नै मूत्यू भएका कारण पनि यो आन्दोलनले अहिले सम्म निरन्तरता पाएको छ । वहाँले सुधार होईन् आमूल परिवर्तन लार्गि  आन्दोलनको शूरुवात गनुभयो । प्रारभ्भिककालमा अधिकारका लागि संघर्षमा नै सम्पुर्ण आन्दोलन केन्द्रित थियो । तत्कालिन राणा शासनमा कुनै दलितहरुलाई पढन् दिईएन् यदि पढेभने कानमा शिशा पगालेर हालिदिने कानुनी राज्यमा बिद्यालयमा स्थापनन गरेर पढ्नु त टाँढाको कुरा थियो । साथै उहाले पशुपति नाथ मन्दिरको साईन बोर्ड फयाँकेर मन्दिर प्रवेश गर्ने हिम्मत गर्नू कम महत्वको विषय थिएन् । साथै दलित मुक्ति आन्दोलनले सघर्षको नितीलाई स्थापित गदै विभिन्न दलितका संघ सस्था, राजनैतिक भ्रातृ संगठनहरुको अगुवाईमा भएका सघर्षले नेपालको दलित मुक्ति आन्दोलनलाई उर्जा थपेर राज्यलाई विभिन्न खाले दबाब दिएर ,कानुनको निर्माण,आयोगको स्थापना, छुवाछुत मुक्त राष्ट को घोषणा,जातिय भेदभाव तथा छुवाुछत कसुर र सजाय ऐन २०६८ ,राज्यले समावेशीकरणको सवाल,जस्ता कुरा दलित आन्दोलनले स्थापित गरेको उपलव्धि हुन् र यहि उपलब्धिले गर्दा दलित आन्दोलनले धेरै फड्को मारेको छ ।

सत्तामुखी हाभी भई दिदा, दलित आन्दोलनले सृजित गरेको उपलब्धिहरुलाई मध्य भागमा आईपुग्दा केहि कमजोर बन्न पुग्या,े राजनैतिक दल लगायतले दलितको सवालहरुलाई नाराको रुपमा सिमीत राख्न थालियो, पदमा लालयित भएको देखिन थालियो र संगठनको विस्तार गरिएन । अहिले पनि जनताको संगठित आन्दोलन सन्चालन गरी आमुल परिवर्तन गनूको साटो सत्ता प्राप्तिको निम्ति वगेनिग गर्ने साधनको रुपमा प्रयोग गर्ने गरिएको छ । कतिपय भ्रातृ संगठन रुपमा स्थापित संगठनहरु आन्दोलन अगाडी बढाउनु भन्दा पाटी सत्तामा पुगेको बेला सत्ताको सुविधा उपयोग गर्ने प्रयोजनका लागि तल्लीन छन् । जसको देशभरी धेर कार्यकर्ता छन् तीनबाट दलित समुदायको हितको लागि भन्दा स्वार्थको लागि हतियार बनाईएको छ ।

सुधारवादी प्रवृक्ति खास गरी दलित समुदायभित्रका विभिन्न जातिको नाममा स्थापना भएका संगठनहरुले यो प्रवृक्तिको प्रतिनिधित्व गरेका छन् । आन्दोलनकारी संगठनहरुले आफनो मात्र जातिको नेतृत्व गर्ने अक्रो जातिलाई पाखा लगाउने आफनो जातिको संस्कारलाई अगाल्ने प्रयास गर्ने आफु भन्दा माथिको जातिलाई प्रतिशोधको विकास गर्ने र तल्लो जातिलाई आफनो जातिको घमण्ड देखाउने लगायतको विकाश भएकोछ, जसले दलित समुदायको एकताको होईन एउटा जातिको एकताको सुधार गर्छ ।

परियोजनामुखी प्रवृत्ति दलित आन्दोलनमा जब राज्यमा संघ सस्थाहरु स्थापना गर्ने र आ आफनो चाहेको समुदायमा गएर सशत्तिकरण गर्ने माध्यम राज्यले प्रदान गयो र आधिकारीका रुपमा दलितका पनि धेरै गैर सरकारी सस्थाहरु स्थापना भएका दलितको उत्थान, विकास, सशक्तिकरण, जिवीकोपार्जन,रोजगारीका अवसर, लगायतका कार्यक्रमहरु देश विदेशी दाताको सहयोगमा सिमीत राहतमुखी परियोजनाहरु तालिम गोष्ठी,अभिमुखीकरण कार्यक्रम सन्चालन गनू मुख्य विशेषता हो । राहतमुखी र अधिकारमुखी कार्यक्रमहरु दुईखाले कार्यपद्धति अपनाएका गैर सरकारी संस्थाका रुपमा यी सस्थाहरु रहेका छन् । दलित भ्रातृ संगठनले दलित समुदायहरुलाई केहि राहत दिन नसकेको अवस्थामा यी गैर सरकारी संस्थाहरुले भने दलित समुदायमा केहि राहत पुगेको र उत्थान र अधिकारको कुरा गरिरहदा पनि केही उत्थान भएको महशुश गर्न सकिन्छ । तर पनि दलित सस्थाको विस्तार भने गर्नको लागि जस्तै मुसहर,डोम, हरिजन, तत्मा,खदुसाध,राम,चमार,लगायतका तराई दलितहरुलाई संगठित गर्नको लागि पनि अग्रसरता देखाउनु पर्ने आवश्याकतामा सवैको ध्यान केन्द्रित हुन जरुरी देखिन्छ । हाम्रो मात्र भन्ने अहमतालाई विसृन सक्नु पर्छ । दलितमा पनि यी एकदमै पछाडी परेका तराई दलितहरुलाई सस्था विस्तार गराई स्वयम कार्यक्रम गर्नसक्ने बनाउनु पनि हामी सबैको जिम्मेवार भित्र नै पर्छ, आन्दोलनको सहयोगी र सहजकर्ताको रुपमा आफनो भुमिका प्रस्तुति गरेको पाउन सकिन्छ ।

निश्कर्ष
भगत सर्वजित विश्वकर्माले शूरु गरेको दलित आन्दोलन आज आएर केहि फड्को मारेको छ । हामी दलित समुदाय जो जहाँ रहेपनि दलित समुदायहरुको बृहक्तर हित उत्थान र विकासको लागि कहिले पनि कन्जसाई नगरौ सबैले आ आफनो क्षेत्रबाट काम गरिरहेको छौ । सक्ता र पद,स्वार्थको लागि दलित आन्दोलनलाई सम्झौता नगरा , शायद हामीले गरेको पनि छैनौ । तर, बोरा भित्र रहेको १ आलु कुहियो भने अरुलाई कुहाउन मद्धत पुग्न सक्छ, त्यसका लागि हामी सचेत बनौ । भगत सर्वजित विश्वकर्माले देखाएको बाटोमा हामी हिड्न सक्नु पर्छ । वहाँले दिएको सन्देशहरुलाई हामीले आत्मसाथ गर्न सक्नु पर्छ । हामी ७ दशकको दलित आन्दोलनलाई फर्किएर हेर्दा जतिखेर हाम्रा जिजु बाजेहरु विष्टहरुलाई बाटो छोडी जदौ गर्दा धेरै शहिद भएका थिए जतिखेर दलित समुदायहरुले शिक्षा लिदा जिब्रो काटिने, कानमा शिसा पोलिने राणा शासनहरुले गर्थे, त्यो वेला र अहिले को अवस्थाहरुलाई मुल्याकन गरेर हेर्दा दलित समुदायहरुमा धेरै परिवर्तनहरु आएका छन् । अहिलेको वर्तमान समयमा आईपुग्दा समावेशीकरणको सिद्धान्तमा आईपुगेका छ, यो सबै देन तपाई हाम्रो नै हो । अब हामीले समाजमा रहेको जाति प्रथालाई अन्त्य, छुवाछुत र विभेदको अन्त्य गर्नको लागि दलित आन्दोलन अर्थात भगत सर्वजित विश्वकर्माको परिकल्पनाको निश्कर्षको आन्दोलनमा छौ । त्यसका लागि हामी जो जहाँ रहेपनि सकारात्मक रुपमा सबै सँग सहकार्य,अन्तरघुलन,सद्भाव कायम गरी जातिय छुुवाुछत र विभेदको अन्त्य गयो भने मात्र भगत सर्वजित विश्वकर्माले थाल्नु भएको दलित आन्दोलनले सार्थकता पाउने छ ।

कृपया केहि सुझाव भए ईमेल Amar baraili <amarbaraili@yahoo.com> मा पठाई सहयोग गरिदिनु हुन ।

धन्यबाद  ।

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: