जातीय विभेद तथा छुवाछूत विरुद्धका केही अन्तरराष्ट्रिय कानुन तथा सन्धीसम्झौताहरुले गरेका व्यबस्थाहरु

amar-baraili– अमर बराईली, दलित अधिकारकर्मी

जातीय सर्वोच्चताको सिद्धान्तमा आधारित जातीय भेदभाव बैज्ञानिक दृष्टिले गलत, नैतिक दृष्टिले निन्दनीय र सामाजिक रुपले अन्यायपूर्ण कार्य हो । सबै प्रकारका जातीय भेदभाव र खासगरी रंगभेद उन्मूलन गर्ने सम्बन्धिमहासन्धी, १९४५ व्यबहार वा सिद्धान्तका कुनै पनि स्थानमा जातीय भेदभावको औचित्य नरहेको, विश्वका केही स्थानहरुमा जातीय भेदभाव अझै पनि रहिरहेकोले जातीय भेदभावका सम्पूर्ण प्रकट रुपहरुलाई उन्मूलन गर्न तथा जातीहरुबीच समझदारी प्रबद्र्धन गर्दै जातीय भेदभाव रहित अन्तरराष्ट्रिय समुदाय निर्माण गर्न जातीय भेदभावका सिद्धान्त तथा व्यबहारहरु बिरुद्ध लड्न सहमत भई (प्रस्तावना) तयार भएको दस्तावेज हो । यस महासन्धीले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक वा सार्वजानिक जीवनका अन्य कुनै क्षेत्रमा समानताको आधारमा मानव अधिकार तथा मौलिक स्वतन्त्रताहरुको मान्यता, उपयोग वा व्यवहारलाई निषेत्र गर्ने वा कमजोर पार्ने उद्देश्यका वा प्रभाव भएको जाती, वर्ण, वंश वा राष्ट्रियता वा जातीय उत्पत्तिमा आधारित कुनै पनि भेदभाव, बहिष्कार, प्रतिबन्ध वा प्राथमिकतालाई जातीय भेदभावको रुपमा परिभाषित गर्दै राज्य पक्षलाई आफ्नो क्षेत्राधिकारको ईलाकामा यस्ता सबै प्रकारका व्यवहारको रोकथाम, निषेध तथा उन्मूलन गर्ने जिम्मेवारी प्रदान गरिएको छ । त्यसैगरी जातीय भेदभाव जनाउने सबै प्रकारका कसुरहरुलाई दण्डनीय बनाउन कानुन निर्माण गर्ने, जातीय भेदभावलाई प्रोत्साहन गर्ने खाले क्रियाकलापलाई रोकथाम र दण्डनीय बनाउने लगायतका दायित्वहरु पक्ष राष्ट्रलाई रहनेछ ।

(क) संयुक्त राष्ट्रसंघको बडापत्र

बिना भेदभाव मानव अधिकार र स्वतन्त्रता प्रति सम्मान गर्ने पवित्र उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको स्थापना भएको हो । आर्थिक, सामाजिक, साँस्कृतिक वा मानवीय प्रकृतिका अन्तरराष्ट्रिय समस्याहरुको समाधान गर्न तथा जाति, भाषा, लिङ्ग वा धार्मिक भेदभाव नराखी सबैको लागि मानव अधिकार एवं मौलिक स्वतन्त्रताहरु प्रति सम्मानको भाव प्रोत्साहित र विकसित गर्नमा अन्तरराष्ट्रिय सहयोग प्राप्त गर्ने उद्देश्य राखिएको छ ।

(ख) मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८

यस घोषणापत्रले मानव जाति जन्मजात स्वतन्त्र र मानव अधिकार सम्पन्न हुने हुँदा उनिहरुको मानव मर्यादा सबैसंग समान रहने कुराको निश्चितता गर्दछ।  यस घोषण पत्रमा अंगिकार गरिएका अधिकार र स्तवतन्त्रताहरु जाति, वर्ण, लिङ्ग, धर्म लगायतका कुनै पनि आधारमा भेदभाव नगरी सबैलाई प्राप्त हुने व्यबस्था रहेको छ ।

(ग) नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तरराष्ट्रिय प्रतिज्ञापत्र, १९६६

यस प्रतिज्ञापत्रमा सबै व्यक्तिहरु कानुनको दृष्टिमा समान रहने, बिना भेदभाव कानुनको समान संरक्षणको हकदार हुने, कानुनले सबै प्रकारका भेदभावलाई निषेध गर्ने, सबै व्यक्तिलाई जाति, वर्ण, जन्म वा अन्य हैसियत लगायतका आधारमा हुने भेदभाव विरुद्ध समान र प्रभावकारी संरक्षणको प्रत्याभूति प्रदान गरिने व्यबस्था गरेकोछ ।

(घ) सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तरराष्ट्रिय महासन्धी, १९६५

माथी उल्लेखित अन्तरराष्ट्रिय कानुनहरुले सबै प्रकारका जातीय भेदभावहरुलाई निरुत्साहित गर्दै सबै मानव जातिलाई समानता प्रदान गर्न र जातीय भेदभाव तथा छुवाछूतलाई दण्डनीय बनाउन सबै पक्ष राष्ट्रहरुको दायित्व रहने कुरालाई “सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तरराष्ट्रिय महासन्धी, १९६५” ले जोड दिएकोछ ।

नेपालले पनि बिभिन्न समयमा बिभिन्न अन्तरराष्ट्रिय कानुनहरुमा हस्ताक्षर गरी सो बमोजिमको दायित्व बहन गर्ने कुरामा सहमती जनाएको छ । सहमती जनाए अनुरुप जातीय भेदभाव तथा छुवाछूतको कार्यलाई दण्डनीय बनाउने सन्दर्भमा संविधानको मौलिक हक अन्र्तगत समानताको हक र जातीय भेदभाव तथा छुवाछूत बिरुद्धको हकको प्रत्याभूति गरेको छ भने जातीय भेदभाव तथा छुवाछूतलाई अपराधिकरण गरी भेदभाव रहित समाज निर्माण गर्न जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ निर्माण गरी जारी गरिसकेको अवस्था बिद्यमान छ । यो ऐनलाई सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने सम्बन्धी अन्तरराष्ट्रिय महासन्धी, १९६५ को स्थानिकरणको पछिल्लो प्रयासका रुपमा लिन सकिन्छ ।

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: