नगरपालिकाको सेवा सुविधा माग

Dalit women of Nepalganj municipality demand civic services as a part of their rightful share of benefits.

जागरण मिडिया सेन्टर

चैत, ५, कोहलपुर जागरण मिडिया सेन्टर
वाँकेका दलित महिलाहरुले नेपालगन्ज उपमहानगरपालिकाले प्रदान गर्ने सेवा सुविधाका कार्यक्रम र बजेटको विस्तृत माग गरेका छन् । बिहिबार नगरपालिकाका प्रशासकिय अधिकृत मोहन हमालसंग छलफल गर्दै उनीहरुले दलित समुदाय र महिलाको विस्तृत कार्यक्रम, योजना, बजेटको बाडफाँड र सञ्चालन प्रक्रियाको विषयमा छलफल गरे । उपमहानगरपालिका कार्यक्रम र बजेटमा दलित महिला र समुदाय सम्बमेधन गर्न नसकेको उनीहरुले गुनासो गरे । दलित महिला संघ जिल्ला अध्यक्ष निर्मला सुनारले नगरपालिका दलितमैत्री हुननसकेको गुनासो गरिन् । नगरपालिकामा लक्षित कार्यक्रम अन्तर्गत दलित, महिलाका लागि कार्यक्रम, बजेट हुने भएपनि विना जानकारी अन्यन्त्र खर्च हुँदै आएको भनिन् । उपमहानगरपालिकाका प्रशासकिय अधिकृत हमालले लक्षित कार्यक्रम अन्तर्गत महिला,बालबालिका, दलित क्षेत्रमा बजेट विनियोजन हुने बताउँदै परिषद्मा समेटिएर योजना आउनुपर्ने सुझाव दिए । छलफलमा जिल्लाका दुई दर्जन बढी महिलाको सहभागीता रहेको थियो । दलित महिलाहरुले बिहिबार नै सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा समेत छलफल गरे ।

View original post

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: