जनयुद्ध पक्षधर तीनवटा दलित मोर्चाले संयुक्त रुपमा मार्च २१ मनाए

चैत्र ७, काठमाडौं ।  मार्च  २१ ‘अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’ को सन्दर्भमा आज जनयुद्ध पक्षधर तीनवटा दलित मोर्चाहरुले काठमाडौंमा एक अन्तरक्रिया कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरेका छन् । एमाओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मुक्ति मोर्चा, वैद्य माओवादी निकट दलित मोर्चा र विप्लव नेतृत्वको माओवादी निकट दलित मुक्ति मोर्चाले “५० औं अन्तराष्ट्रिय जातीय विभेद उन्मुलन दिवस तथा नेपाली दलित समस्याको अन्तरसम्बन्ध” विषयक अन्तरक्रिया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेका हुन् ।

कार्यक्रममा अधिकांश वक्ताहरुले राज्यसत्ता प्राप्ति नै दलित आन्दोलनको मुख्य कार्यभार हुनुपर्ने निश्कर्ष निकालेका हुन् । हिन्दु वर्णाश्रमजन्य सामन्ती राज्यसत्ता नै दलित मुक्ति समस्याको मुख्य बाधक रहेको चर्चा गर्दै दलित मुक्ति आन्दोलनलाई वर्गीय मुक्ति आन्दोलनसँग दृढतापुर्वक अगाडि बढाउने प्रतिबद्धता गरेका छन् । सामन्तवाद र साम्राज्यवादले दलित समस्यालाई छुवाछूत र विभेद मात्रै रहेको निश्कर्ष निकालेर डलर बाँड्दै वास्तविक मुक्तिको प्रक्रियाबाट दलितहरुलाई विमुख बनाउने षड्यन्त्र रचिरहेको कुरा आरोप लगाएका छन् । उनीहरुले आफ्नो अधिकार आफैं सुनिश्चित गर्न सक्षम रहेको चर्चा गर्दै कसैले जनताको विद्रोहको अधिकारलाई अन्तराष्ट्रिय समुदायले स्वीकार गर्नुपर्ने कुरालाई उठाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संयोजक तथा देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले दलित समस्या वर्गीय आन्दोलनको भिन्न र जारी रुप भएको चर्चा गर्दै दक्षिण एशियामा भारतीय विस्तारवादी शासकहरुले यो समस्यालाई अन्तराष्ट्रियकरण हुनबाट रोकिरहेको बताउनुभयो । क्रान्ति र आन्दोलनबाटै दलित समस्या हल गर्नका लागि उहाँले अपिल गर्नुभयो । हिन्दु वर्णाश्रमजन्य सामन्ती राज्यसत्ताको नाइके राजतन्त्रको अवसानपछि नेपाली राज्यसत्ता दलाल पुँजीपतिहरुको हातमा गएकाले सो विरुद्ध संघर्ष सोझ्याउनु दलित मुक्ति आन्दोलनको कार्यभार भएको उल्लेख गर्नुभयो । एकीकृत नेकपा माओवादीका राष्ट्रिय परिषद सदस्य रणेन्द्र बरालीले एकता, संघर्ष र रुपान्तरणको विधिबाट मात्र दलित मुक्ति हुने चर्चा गर्दै दलितहरु एकीकृत रुपमा आन्दोलित हुनुको विकल्प नरहेको चर्चा गर्नुभयो । नेपाल दलित मुक्ति मोर्चाका उपाध्यक्ष बलराम विश्वकर्माले दलित समस्या विशुद्ध सांस्कृतिक समस्या मात्रै नरहेको कुरा चर्चा गर्दै वर्गीय आन्दोलनसँग एकीकृत भएर अगाडि बढ्नुको विकल्प नरहेको चर्चा गर्नुभयो । नेपाल सरकार दलित विकास समितिका उपाध्यक्ष खिमबहादुर विश्वकर्माले बल प्रयोगको विकल्प दलितहरुमाझ नआएको चर्चा गर्नुभयो । बादी विकास बोर्डका उपाध्यक्ष पुष्प वादीले जनयुद्धले स्थापित गरेका बलिदानीपुर्ण दिवसहरुलाई पनि स्मरण गर्नुपर्ने कुरा औंल्याउनुभयो ।

काठमाडौंको रिपोर्टस क्लबको हलमा भएको कार्यक्रमको सभापतित्व चन्द्रबहादुर विश्वकर्माले गर्नुभएको थियो भनें भएको पदम विश्वकर्माले स्वागत मन्तव्य र बुद्धि नेपालीले सञ्चालन गर्नुभएको थियो ।

Report by:

Dalit Morcha News Team

<dalitmorcha@gmail.com>

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: