GLOBAL FORUM AGAINST CASTE BASED DISCRIMINATION (GFACD) जातीय विभेद विरुद्ध अन्तर्राष्ट्रिय मंच
अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस २१ मार्चको शन्दर्भमा प्रेस विज्ञप्ती
सन् १९६० मा दक्षिण अफिकाको सार्क भिल्ले शहरमा रंग भेदको विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिरहेका काला जातिका प्रदर्शनकारीहरुलाई प्रहरीले दमन गर्दा ६९ जना प्रदर्शनकारीहरुको गोली हानी निर्ममता पूर्वक हत्या भएको दिनको सम्झनामा १९६६ मा सयुंक्त राष्ट्र संघको साधारण सभाबाट जातिभेदको अन्त्य भएको उदघोष गरिएको थियो ।त्यसै गरी १९७१ मा जातिभेद विरुद्धको महासन्धी (Convention on the Elimination of Racial Discrimination-CERD) पारित गरी विश्वबाट जातीय विभेदको अन्त्य गर्ने घोषणा भयो । नेपालले पनि यो महासन्धिमा हस्ताक्षर गरि पक्ष राष्ट्र भैसकेको छ । पक्ष राष्ट्रको हैसियतले जातीय विभेद अन्त्य गर्ने नीति निर्माण गरि कार्यन्वयन गर्दै प्रत्येक २र२ वर्षमा सयुंक्त राष्ट्र संघको CERD कमिटिमा प्रतिवेदन बुझाउनु पर्दछ । संयुक्त राष्ट्र संघबाट यस्तो प्रयास भएता पनि जातको आधारमा गरिने छुवाछूत (Untouchability) लाई संयुक्त राष्ट्र संघले अभैmसम्म आफ्नो कार्य योजना भित्र समावेश गरेको छैन् । जातीय छुवाछूतको समस्याबाट नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स, वर्मा, भुटान लगायतका दक्षिण एशियाली मुलूकहरुमा बासोवास गर्ने करिब २६० मिलीयन जनताहरु आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा पछाडी पारीएका छन् ।
५० औ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस २१ मार्चको अवसरमा, संयुक्त राष्ट्र संघबाट जारी गरिएको “विगतको दुःखद ईतिहासबाट शिक्षा लिदै, जातिभेद विरुद्ध लडौं”भन्ने मुख्य नारालाई सार्थक बनाउन, जातीय विभेदको अन्त्यको लागि ठोस नीति निर्माण गरी कार्यान्वयन गर्न नेपाल सरकार, राजनैतिक पार्टीहरु, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संघ संस्थाहरु तथा अन्य सम्बन्धित सरोकारवालाको ठोस पहलको आवश्यक छ । संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय स्तरमा नै सबै प्रकारका विभेद अन्त्याका लागि ठोस पहल गर्नु २१ मार्चको मुख्य औचित्य हुनेछ । नेपालले जातीय विभेदको अन्त्यको लागि राष्ट्रको तर्फबाट छुवाछुत मुक्त राष्ट्र घोषणा भई छुवाछुत विरुद्धको ऐन समेत बनेको छ तर पनि दैनिक रुपमा जातिय भेदभाव तथा छुवाछुतका घटनाहरु घटिरहेका छन् । तसर्थ २५ प्रतिशत जनसंख्या जो विभेदको मारले पछाडी पारिएका छन् उनीहरुको मुक्तिका लागि नयाँ बन्ने सविधानमा दलित समुदायको हक अधिकारलाई सुनिश्चित गर्न, मौजुदा कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न, समानुपातिक प्रतिनिधित्वको सिद्धान्त अनुसार नीति निर्माणको हरेक तहमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर्न जातीय विभेद विरुद्ध अन्तराष्ट्रिय मंच (Global Forum Against Caste Based Discrimination-GFACD) हार्दिक अपिल गर्दछ ।
जातीय विभेद विरुद्ध अन्तराष्ट्रिय मंच (Global Forum Against Caste Based Discrimination-GFACD) विश्वभरी छरिएर बसेका नेपाली मूलका नागरिकहरुद्धरा स्थापित एक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । सन् २०१४ देखि अमेरिकाको वाशिङ्गटन डि.सी स्थित मुख्य कार्यालय रहेको यस संस्थाले विभिन्न देशमा बसोबास गर्ने नेपाली नागरिकहरुलाई संगठित गर्दै जातिय विभेदको अन्त्यका लागि अन्तराष्ट्रिय स्तरबाट वकालत गर्ने मख्य उद्देश्य लिएको छ ।
धर्म विश्वकर्मा, संयोजक
तिर्थ विश्वकर्मा, सह-संयोजक