महाभुकम्प पीडितहरुकालागि राहत र पुनर्निर्माणलाई न्यायपूर्ण बनाउन अनुरोध

दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिको संयोजन र समता फाउन्डेसनको आयोजनामा मिति २०७१ जेष्ठ ३० गते ललितपुरमा भुकम्प पीडितहरुका लागि राहत तथा पुनर्निर्माणमा दलित समुदायको पहुँच र विपद व्यवस्थापन विधेयक मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भयो ।
दलित गैर सरकारी संस्था महासंघका अध्यक्ष एवम् समन्वय समितिका संयोजक गजाधर सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाल ग्रसरुट डेभलपमेन्ट फोरमका अध्यक्ष सन्तोष विश्वकर्मा, स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश समता फाउन्डेसनका अध्यक्ष पदम सुन्दासले पार्नुभएको थियो भने अतिथिहरुमा सभासद एवम् दलित भ्रातृसंगठनका नेताहरु नेपाली कांग्रेसका मिन विश्वकर्मा, नेकपा एमालेका जितु गौतम, संघीय समाजवादी केन्द्रीय सचिव दिलबहादुर नेपालीलगायत सभासदहरु विष्णुमाया परियार, कमला विश्वकर्मा, राम अवतार पासवान, रामदयाल मण्डललगायत दलित नागरिक समाजका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा दलित नागरिक समाज महाभुकम्प पीडित सहयोग तथा समन्वय समितिअन्तर्गतको अनुगमन समितिका संयोजक गणेश विकेले समन्वय समितिबाट भए गरेका अनुगमन तथा राहत वितरणका बारेमा जानकारी गराउनु भयो । उहाँले सरकारी राहतमा दलित समुदायले नपाएको निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा मीनबहादुर पौडेल क्षेत्रीले विपद व्यवस्थापन ऐनका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने त्यसमा  दलित कल्याण संघका अध्यक्ष मोतीलाला नेपाली र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष भक्त विश्वकर्माले टिप्पणी गर्नुभएको थियो ।
 –
दलित गैर सरकारी संस्था महासंघ
Dalit NGO Federation (DNF)
Talchhikhel, Satdobato, Lalitpur
Phone: 01- 5527559
Email:
dnf@dnfnepal.org
Web: http://www.dnfnepal.org
P.O. Box No.: 9251 Kathmandu Nepal
Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: