ग्लोबल फोरमद्वारा संबिधानमा समाबेस गर्न सुझाबहरु हस्तान्तरण

वासिंगटन डी.सी., जुलाई २०, २०१५: नयाँ नेपालको संविधान मस्यौदा र्साजनिक भएदेखि नै दलित समुदायको अधिकारका सन्दर्भका प्रस्तावित बुँदाहरुमा गम्भिर चासो राखदै आएको ग्लोबल फोरमले नयाँ बन्ने संविधानमा दलित समुदायको सर्वागिंण विकासका लागि संविधानमा उल्लेख हुनपर्ने प्रावधानहरुलाई समेटेर एक सुझावपत्र वासिंगटन डी.सी.स्थित नेपाली राजदुतावासमा राजदुत डा. अर्जुन कार्कीमार्फत् संविधान सभाका अध्यक्ष सम्माननीय सुभाषचन्द्र नेम्बागंलाई पठाएयो । रास्ट्रपति, प्रधानमन्त्री,  प्रमुख प्रतिपक्षिदल र राष्ट्रिय राजनैतिक पार्टीहरुलाई समेत बोधार्थ गरिएको सो सुझाब पत्रमा दलित समुदायको पूर्ण मुक्तिका सन्दर्भमा अहिलेसम्म भए गरिएका सहमतिहरुलाई सम्बोधन गरिनु पर्ने मूलत बुँदाहरु केन्द्रीत रहेका छन् । ग्लोबल फोरमको विभिन्न देशका प्रतिनिधिहरुमार्फत् संसारभर छरिएर रहेका न्यायप्रेमी महानुभावहरुको सुझाव संकलन गरि अमेरिकामा पठाईएको थियो छ । सुझाबपत्र बुझाउने प्रतिनिधि मण्डलमा फोरमका संयोजक धरम विश्वकर्मा, सल्लाहकार एवं पत्रकार प्रदीप थापा मगर,  संस्थापकहरु डा. विष्णुमाया परियार,  दीपकजगं विश्वकर्मा,  पूर्णसिंह बराइली,  नासो कम्युनिटीका उपाध्यक्ष धन नेपाली,  सदस्यहरु विष्णु विश्वकर्मा, जितेन्द्र वि.क. र इशानजंग बराल रहनु भएको थियो । सुझाव पत्र बुझ्ने क्रममा राजदूत डा. कार्कीले प्रतिनिधि मण्डललाई स्वागत गर्दै मागपत्रलाई तुरुन्तै सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले ठूलो परिवर्तन पछि बन्ने संविधानमा समाजमा पछाडी पारिएका वर्ग र समुदायको अधिकारले विशेष स्थान पाउनु पर्छ भन्ने मान्यता रहेको र विगतदेखि त्यही आवाज उठाउँदै आएको बताउनु भयो । यसैगरी फोरमद्वारा नेपाल लगायत बिभिन्न देशहरुमार्फत सुझावहरु पेश गरिएको थियो । ग्लोबल फोरमले पेश गरेको माग पत्र यस् प्रकार रहेको छ
सम्माननीय सभामुख सुवासचन्द्र नेम्बाहाङ ज्यू
संबिधान सभा, नेपाल
मार्फत महामहिम राजदूत डा. अर्जुन कार्की ज्यू
नेपाली राजदूताबास संयुक्त राज्य अमेरीका
वासिङटन डि. सि. अमेरीका ।
 
नेपालको नयाँ संबिधानमा समाबेश गर्नु पर्ने दलित समुदायका सवालहरु
 
सुझाब पत्र 
 
सरकारी तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको १३.०६ प्रतिशत जनसंख्यालाई राज्यले नै लामो समयदेखि जातीय छुवाछुत तथा बिभेदमा पारी आर्थिक, सामाजिक, शैक्षिक तथा राजनैतिक क्षेत्रमा पछाडी पारेर राख्यो दलित समुदायले यस प्रकारको जातको आधारमा गरिने विभेदबाट सामाजिक अन्तरघुलन, साँस्कृतिक सम्मानबाट बहिस्कृत भई ज्युन बाध्य हुनु पर्यो अर्को तर्फ राजनीतिक सत्ता, शक्ति, ज्ञानशिक्षा, चेतना तथा आर्थिक स्रोतसम्पतिबाट समेत बञ्चितकरणमा पारिदै आईएको जातीय विभेदको कारण उत्पीडनमा पारिएको  दलित समुदायले आफनो मुक्तिका लागि समग्र राष्ट्रको स्वतन्त्रता, स्वाधीनता तथा मानव अधिकारको लागि बलिदानीपूर्ण संघर्षहरु (२००७ सालको राणा शासनको अन्त्य, निरंकुश पंचायती शासनको अन्त्य, निरकुँश राजतन्त्रको अन्त्य, नेकपा माओबादीद्धरा संचालित १० वर्षे जनयुध्द, २०६२ २०६३ को जन आन्दोलन आदीमा बराबर रगतको कोटा बुझाए छन्
 
अब राज्यको पुनर्संरचना हुने बेला, संविधानसभाबाट नयाँ संविधान बन्ने बेला, आन्दोलनमा अरु सरह उक्तीकै भूमिका निर्वाह गरेका दलित समुदायलाई फेरी पनि असमान व्यबहार गरिदैछ राज्यको नीतिनिर्माण तहमा १३ प्रतिशत दलितको समानुपातिक समावेशी प्रतिनिधित्व सवालमा यसभन्दा अघि नै सबै पक्ष सहमती भै आन्तरिम  संबिधान २०६३ मा समेत समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी भैसकेको अब बन्ने ऐतिहासिक संबिधानमा अन्तरीम संबिधान २०६३ भन्दा अझ अग्रगामी बन्नु पर्दछ राज्यको सबै नीति निर्माण गर्ने अगहरुंमा समानुपातिक प्रतिनिधित्व छुवाछूत बिभेद गरे बापत क्षतिपूर्ति स्वारुप थप प्रतिनिधित्व गराउनु पर्दछ दलित समदुायको शसक्तिकरण, राज्यको साधन स्रोतमाथि न्यायोचित पहुँच तथा राज्यको शक्तिको समानुपातिकरुपमा बाँडफाँड हुनु पर्छ तर वर्तमान संबिधानसभाबाट पारित नेपालको संबिधानको प्रारम्भिक मस्यौदा २०७२ मा दलित समुदायका हक अधिकारलाई कटौती गरिएको हुँदा दलितका हक अधिकारलाई संविधानमा स्पष्टरुपमा समाबेश गर्न अमेरिकास्थित प्रधान कार्यलय भई विश्वब्यापी रुपमा यसका सदस्य संस्थासंग सहकार्य गर्दे जातीय बिभेद बिरुद्ध काम गरी रहेकोजातीय बिभेद बिरुद्ध बिश्व मंच‘ (Global forum Against Caste Based Discrimination)  द्धारा निम्नानुसार बुँदागत सुझाप पत्र पेश गर्दछौं:
 
) संबिधानको प्रस्तावनामाबिगतमा छुवाछुत बिभेद गरेकोमा पश्चाताप गर्दै, सबै प्रकारका जातीय छुवाछुत तथा भेदभावको अन्त्य गरीभन्ने बाक्यशं थप गरियोस्  
) धारा २९ माजातीय छुवाछुत तथा भेदभाव बिरुध्दको हकभन्ने बाक्यशं थप गरियोस्
) धारा ३९ श्रमको हक अन्तरगतदलित समुदायले भोग्दै आएका श्रम शोषणका रुपहरु जस्तै: खलो प्रथा, बालिघरे प्रथा जस्ता शोषणका रुपहरुको अन्य गरी उचित परिश्रमिक तथा सामाजिक सुरक्षाको प्रबन्ध स्थापित गर्ने भन्ने बाक्यांश थप गरियोस् ।
) धारा ४५ दलितको हक अन्तर्तगत निजामती सेवा, सेना, प्रहरी, सबै औधोगिक प्रतिष्ठानहरुमा, निजि क्षेत्र, तथा राज्यको सबै निकायहरुमा समानुपातिक समावेशी सिध्दान्तको आधारमा दलितको स्थान सुनिश्चित गर्ने भन्ने प्रावधान थप गरियोस्
) धारा ४५ प्राथमिकतहदेखि उच्च शिक्षासम्म साधरण तर्फ प्राबिधिक तर्फ चिकित्सा शास्त्र, ईन्जीनियरडि, बन बिज्ञान, कृर्षिमा दलित समुदायलाई छात्रबृतिसहित निःशुल्क शिक्षाको ब्यवस्था गरिने भन्ने प्रावधान थप गरियोस्
) धारा ४७ सामाजिक न्यायको हक अन्तरगत दलित समुदायको समानुपातिक समाबेशीकरणको हक रहने भन्ने प्रावधान थप गरियोस्
) धारा ५५ राज्यको निर्देशक सिध्दान्त () मा सबै समुदाय वीच अन्तरघुलनमा आधारित जातीय बिभेद छुवाछुत रहित न्यायपूर्ण समाजको निर्माण गर्ने प्रावधान थप गरियोस्
) भाग को धारा ६० राज्यको संरचना अन्तरगत समानुपातिक समाबेशी प्रतिनिधित्व, जातीय बिभेद छुवाछुत रहित समातामा आधारीत समाजको स्थापना संरक्षण गर्ने शब्द थप गरियोस् साथै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानमन्त्री जस्ता महत्पूर्ण पदहरुमा दलित, जनजाति, महिला, पिछाडिएको क्षेत्र, खस आर्य आदी जातिहरुबाट पालै पालोसंग हुनेछ भन्ने प्रावधान थप गरियोस्
) धारा ६० () अनुसार बन्ने संघीय आयोग समानुपातिक समाबेशी सिध्दान्तको आधारमा बन्ने भन्ने प्रावधान थप गरियोस्
१०) धारा ७९ को मन्त्रीपरिषद समानुपातिक समाबेशीकरणको सिध्दान्त अनुसार बन्नेछ क्षतिपूतिको स्वरुप थप प्रतिशत दलित समुदायको प्रतिनिधित्व रहने भन्ने प्रावधान थप गरियोस्
११) धारा १६६ प्रादेशिक मन्त्रीपरिषद समानुपातिक समाबेशीकरणको सिध्दान्त अनुसार बन्ने क्षतिपूतिको स्वरुप थप प्रतिशत दलित समुदायको प्रतिनिधित्व रहने भन्ने प्रावधान थप गरियोस्
१२) धारा ८८ मा संघीय ब्यस्थापिका प्रतिनीधिसभाको पहिलो निर्बाचित हुने निर्बाचन प्राणलीबाट समानुपातिक समाबेशीकरणको सिध्दान्त अनुसार दलित समुदायको समानुपातिक प्रतिनिधीत्वको ग्यारेन्टी क्षतिपूतिको सिद्धान्त स्वरुप थप प्रतिशत दलित समुदायको प्रतिनिधित्व रहने भन्ने प्रावधान थप गरियोस्
१३) न्यायपालिका अन्तरगतसर्वोच्च अदालत, संबैधानिक अदालत, उच्च अदालत, जिल्ला अदालतहरुमा न्ययाधिसहरु नियुक्ती गर्दा महिला, दलित, आदीवासी,जनजाति, खस आर्य, मधेशी थारु, मुस्लीम, पिछाडिएको क्षेत्रको प्रतिनिधित्वको कानुनद्धारा ग्यारेण्टी गरिने भन्ने प्रावधान थप गरियोस्
१४) धाराहरु २२१, २२२, अन्तरगत हुने गाँउ सभा, नगर सभाहरु समानुपातिक समाबेशीकरणको सिध्दान्त अनुसार बन्ने क्षतिपूतिको स्वारुप थप १० प्रतिशत दलित समुदायको प्रतिनिधित्व रहने भन्ने प्रावधान थप गरियोस्
१५) २३७, २४१, २४४, २४७, २४९, २५१ अख्तियार दुरुपयोग आयोग, राष्ट्रीय मानव अधिकार आयोग, निर्बाचन आयोग, संघीय लोकसेवा आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोग, राष्ट्रिय महिला आयोगमा समानुपातिक समाबेशीकरणको सिध्दान्त अनुसार दलित समुदायको समानुपातिक प्रतिनिधीत्वको ग्यारेन्टी गरिने भन्ने प्रावधान थप गरियोस्
१५) धारा २५३ अनुसार बन्ने राष्ट्रिय दलित आयोगलाई कानुनद्धारा जातीय छुवाछुत / विभेद बिषय हेर्ने अर्ध न्यायीक निकायको अधिकार रहने भन्ने प्रावधान थप गरियोस्
 
धन्यबाद 
 
प्रतिनीधि मण्डल:
धरम  विश्वाकर्मा    संयोजक
  तीर्थ  बर्मा विश्वाकर्मा  –   सहसंयोजक
३.  प्रदिप थापा मगर  – सल्लाहकार
४. डा. बिष्णु माया पारीयार – सदस्य
५. पदप बिस्श्वोकर्मा – सदस्य
६. पूर्ण सिंह बरालि – सदस्य
७. सुभाश नेपाली – सदस्य
८. दिलिप नेपाली – सदस्य
९. इशान जङ् बराल
१०. दीपक ज् ङ् बिश्वोकर्मा – सदस्य
 
बोधार्थ:
 
. सम्मानीय श्री रामवरन् यादव ज्यू, राष्ट्रपतिको कार्यलय, सितल निवास काठमाण्डौ, नेपाल  
२. सम्मानीय श्री सुशिल कोईराला ज्यू, नेपाल सरकार  प्रधानमन्त्रीको कार्यलय सिहदबार काठमाण्डौ, नेपाल  
. माननीय कृष्ण सिटौला ज्यू, संयोजक संविधान मस्यौदा समिती  काठमाण्डौ, नेपाल  
. श्रीमान अध्यक्ष ज्यू, नेपाली काँग्रेस पार्टी, काठमाण्डौ, नेपाल  
. श्रीमान अध्यक्ष ज्यू, नेकपा एमाले, काठमाण्डौ, नेपाल  
. श्रीमान अध्यक्ष  ज्यूनेकपा एमाओबादी, काठमाण्डौ, नेपाल  
७. श्रीमान अध्यक्ष ज्यू, फोरम लाकतान्त्रिककाठमाण्डौ, नेपाल  
 July-20th-3-600x800
RELATED NEWS:
Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: