हिन्दू–अगुवालाई दलितको सुझाव

—डिक बहादुर विश्वकर्मा

विगत ०६२÷०६३ को जन–क्रान्तिले हिन्दूराजतन्त्र फ्याँकेर देशलाई गणतन्त्र र धर्मनिरपेक्ष बनाई त्यहि अनुरुपको संविधान तयार पार्ने प्रत्रृmया अन्तिम चरणमा पुगीसकेको अवस्थामा हिन्दूधर्मपक्षधर केहि राजनैतिक एवं धार्मिक अगुवाहरुले नेपाललाई फेरी  पुरानै अवस्था अर्थात् हिन्दूराजा र हिन्दूराष्ट्रको रुपमा फर्काउने सपना देखिरहेकाछन् । छिमेकी भारतका हिन्दूवादी प्रधानमन्त्री नरेन्द्रमोदीले केहि महिना अघि राजकीय भ्रमणमा यहाँ आउँदा नेपालमा गणतान्त्रिक संविधान बनाइनु पर्ने ठोकुवा गरेपछि हिन्दूराजाको लागि भारतको समर्र्थन देखिएन र त्यो मुद्दा अचेल हराएर गयो । तर हिन्दूराष्ट्रको मुद्दाले भने अभियान कै रुपमा  जोर पक्डिरहेकोछ । त्यसै सन्दर्भमा सो अभियानका अगुवाहरु समक्ष हिन्दूधर्मले ‘अछुत’ बनाएका, अचेल ‘दलित’ भनिने, समुहको तर्फबाट यो पंक्तिकारले निम्न दूइटा सुझाव प्रस्तुत गर्दछ ।

१. संसारलाई थाहाछ कि जसरी क्रीश्चियनको मूलथलो इजरायलको जेरुसलेम हो, बौद्धको मूलथलो लुम्बिनी हो, मुसल्मानको मूलथलो मक्का र मदिना हो, त्यसैगरी हिन्दूधर्मको मूल जन्म र कर्मथलो भारत हो । त्यसैकारण संसार भरीका हिन्दूहरु मर्ने बेलामा भारतका काशी, गयाजी, वृन्दावन, मथुरा, प्रयाग, हरिद्वार आदि विभित्र तीर्थस्थलमा अन्तिमबास गर्न चाहन्छन् । तर नेपालको पशुपति, मुक्तीनाथ आदिमा मर्ने इच्छा लिएर भने त्यहिँ वरपरका बाहेक अन्य देशका कुनै हिन्दू आउँदैनन् । बरु नेपालकै पुगीसरी आउनेहरु भारतका तिनै तीर्थस्थलमा अन्तिमबास बस्न गैरहेकाछन् । हिन्दूधर्मका राम, कृष्ण आदि देवता र जगद्गुरु  आदिशङ्कराचार्य समेतको जन्मथलो र कर्मथलो पनि भारत नै हो । शङ्कराचार्यका ४ मठ जगन्ननाथपुरी, काँचीकामकोठी, बदरीकाश्रम, र द्वारका पनि भारतमै छन् भने अन्य जगद्गुरुहरुको जन्म र कर्मथलो पनि भारत नै हो । झण्डै सवाअर्ब जनसंख्या भएको भारत विश्वमै सबभन्दा धेरै हिन्दू भएको देश पनि हो ।

यसतो अवस्थामा हिन्दूराष्ट्र बत्र÷बनाउन भारत भन्दा उपयुक्त देश अर्को हुनै सक्दैन । तसर्थ  हिन्दू अगुवाहरुले आफ्नो त्यो अभियान नेपालमा भन्दा भारतमा चलाउनु अत्युत्तम र पिण्डस्थाने पिण्ड हुने निश्चितछ । उनीहरुले प्रचार गरेभैmं त्यस अभियानको लागि उपयुक्त ठाउँे नेपाल हुँदैहोइन । नेपालका हिन्दू शासकहरुले नै लेखे, लेखाएका इतिहास साक्षी छन् कि यहाँका सबै हिन्दूका पुर्खा, विदेशी विधर्मी आक्रामकहरुको मारबाट बच्न, भारतका चित्तौड, कत्रौज, कुमाउँ आदि विभित्र प्रदेशहरुबाट भागेर शरणार्थीको रुपमा विभित्र कालखण्डमा नेपाल छिरेका थिए । उनीहरुको आगमन अघिसम्म यहाँका हिमाल–पहाडमा तिब्बतीमूल का मङ्गोल र तराइमा थारुको रजाईं थियो । रहँदाबस्दा तिनै शरणार्थी आगन्तुकले पुरै नेपाल कब्जागरी मनुस्मृतिको आधारमा एकछत्र हिन्दू–शासन चलाए । तबदेखि मात्र यहाँ हिन्दूधर्म मौलायो । यहाँका पशुपतिनाथ, गोरखनाथ, बराहक्षेत्र आदि हिन्दूधामहरु त्यै शासनकालका उपज हुन । त्यत्तिका आधारमा गणतन्त्र भैसकेको यो देशलाई हिन्दूराष्ट्र बनाउने हो भने हिन्दूधर्मका मूलदेवता शिवको मूल बासस्थान भनि मानिएको कैलाशपर्वत र मानसरोवरझिल रहेको तिब्बतलाई पनि हिन्दूराष्ट्र बनाउनु पर्छ । बहुसंख्यक नेपाली हिन्दू भएकोले नेपाल हिन्दूराष्ट्र हुनु पर्ने तर्क अभियानकर्ताले गरेकाछन् । यदि त्यसो हो भने सर्वप्रथम हिन्दूराष्ट्र भारतलाई बनाइनु पर्छ । फिजीमा भारतीयमूलका नागरिकको बाहुल्यता छ । साइप्रसमा दशकौं बर्ष अघि नै राम प्रसाद शर्मा नामक व्यक्ति राष्ट्रपति थिए । यस अवस्थाका फिजी र साइप्रसमा बहुसंख्यक हिन्दू पक्कैछन् । ती दुइटा देश पनि हिन्दूराष्ट्र बनाइनु पर्छ । त्यसो गरेमा मुसल्मानी, इसाई, बौद्ध धर्मी राष्ट्रहरु धेरै भए जस्तै विश्वमा  हिन्दूराष्ट्र पनि धेरै हुनेछन् र हिन्दूहरुको शान बढ्नेछ । यहाँका तत्कालिन हिन्दूशासकले नेपाललाई विश्वको एकमात्र हिन्दूराष्ट्र भनेर गर्व गर्थे, वास्तवमा त्यो अवस्था झण्डै १ अर्ब जनसंख्या भएका संसारैभरीका हिन्दूहरुको लागि लाजमर्दो थियो । यदि चीनको कब्जामा रहेको भनेर तिब्बतलाई छुन सकित्र, त्यसैगरी भारतलाई छुन सकित्र, फिजी र साइप्रसलाई छुन सकित्र भने वास्तवमा हिन्दू अल्पसंख्यामा रहेको गणतन्त्र नेपाललाई हिन्दूराष्ट्र बनाउने सपना देख्नु मृगमरिचिका हुने निश्चितछ ।  राजाको निरङ्कुश शासन छँदासम्म नेपाली जति सबै हिन्दू थिए । तर १० बर्षे माओवादी जनयुद्ध र लगत्तैको जनक्रान्तिले देश गणतन्त्र र धर्मनिरपेक्ष भएपछि त्यो अवस्था रहेन । हिन्दू अगुवाहरुले नेपालमा ८०÷९० प्रतिशत हिन्दू छन् भनि जतिसुकै फलाके पनि यहाँ पक्का हिन्दू खसआर्यवंशी मात्र हुन । हिन्दू शासकहरुकै जनगणना तथ्याङ्कानुुसार उनीहरुको संख्या अधिकतम् ३० प्रतिशत मात्रछ । बाँकी ७० प्रतिशत रहेका मधेशी, जनजाति, दलित, र पिछडिएका वर्गमा पर्ने सबै या त बौद्ध मुस्लीम र ईसाइछन् या चेतनाहीन, अशिक्षित छँदासम्म मात्र हिन्दूछन् । चेतनशील हुनासाथ उनीहरुले हिन्दूधर्म छोडने पक्काछ । मेरै दृष्टान्त लिउँँःः— पाल्पाको हुमिनगाउँमा जन्मेको म धर्मभिरु पिता सेतेसुनारको प्रभावले बालकै देखि भगवानविष्णुको भक्त थिएँ । वि.सं.२०११ देखि २०२२ साल सम्म तान्सेनमा पढ्न बस्दा मैले रामायण, महाभारत, गीता, पुराण, इतिहास, आदि ग्रन्थहरु पढ्ने सौभाग्य पाएँ । पढेर भगवानरामले शुद्र तपस्वी शम्बुकलाई  किन मारे, कृष्णले गीताको अठारांंंैअध्यायमा शुद्रलाई सताउन कस्तो व्यवस्था बताएकाछन् आदिइत्यादि जानेपछि  सबै हिन्दूशास्त्रमा बाहुन र गाइलाई पुजा गर्न, शुद्रलाई घृणा गर्न सिकाएको हुनालेनै हिन्दूसमाजले दलितलाई घृणा गरेको थाहा पाएँ । मेरो घैंटोमा घाम लाग्यो । ‘स्वधर्मे निधनम् श्रेय परधर्म भयावहः’ श्लोकको सट्टा ‘परधर्मे  सुखःशान्ति, स्वधर्म तु भयावहः’ भन्दै तत्काल धिक्कारेर वि. संं २०२३ साल देखि हिन्दूधर्म छोडें  । मेरो जस्तै चेतनाको घैंटोमा घाम लाग्नासाथ दलितजतिले धमाधम हिन्दूधर्म छोड्दैछन् । त्यसैगरी बहुसंख्यक जनजाति र पिछडावर्ग पनि जाग्दैछन । उनीहरुले अब फेरी नेपालमा हिन्दूराजा र हिन्दूराष्ट्रकोे कालोदिन फर्केर आउने मौका कदापि दिने छैनन् ।

२. आफुलाई उच्चाकुल भनेर नथाक्नेहरुले गाइ काटेर मासुखाने विदेशी विधर्मीलाई स्वजाती सरह मानी सनातनी रुपमा तिनका; आइमाइलाई बुहारी बनाई उनीबाट जन्मेका सन्तानलाई आफ्नै वंश गराएकाछन् भने;  पुरुषलाई आफ्नी छोरीबेटी सौंपेर ज्वाई बनाई प्याकगरेका गाइको मासुका झोलासहितै आफ्ना घरभित्र हुलेका छन् । त्यसता बुहारी, ज्वाईंलाई समाजले पनि सर्वस्वीकारेका छन् । तर तीनैले, जुगजुग देखिका अंशियार र बिरामीहुँदा रगतदिएर आफुलाई बचाउने कथितदलितले आफ्नी छोरी लगेमा त्यसको ज्यानैलिने तथा, छोराले दलितस्वास्नी ल्यायो भने ती छोराबुहारी र माइति समेतलाई पिटेर गाउँ निकाला, गर्छन् । वि.सं.२०७२ श्रावणको तेश्रोहप्ता नेपालका चर्चितअभिनेता राजेशहमालले लाख बिन्ती गर्दा पनि सिराहा जिल्लाको धनगढ़ीगाविस–३ नयनपुरका डुमसमुदायलाई सार्वजनिक इनारबाट पानीझिक्न स्थानीय हिन्दूसमाजले दिएन । उल्टै त्यो समाजले डुृमहरुको लागि सरकारले छुृट्टै इनार बनाइदेओस् भत्रे माग  ग¥यो । ठाउँठाउँमा दलितलाई मन्दिर पस्न दिइदैन । त्यहाँ पनि त्योसमाजले ‘दलितले छुट्टै मन्दिर बनाओस्’ भन्छ । अबका दलितको भनाइछ  ‘यदि दलितले  हिन्दूसमाजसंग छुट्टिएर इनार, मन्दिर बेग्लै बनाउनु पर्ने हो भने त्योभन्दा पहिले देशको विभाजन गरिनु पर्छ ।’  दलितहरु विस्तारै रक्तबीज बन्दैछन् । जनजातिहरुको अवस्था पनि त्यस्तैछ । यसतो अवस्थामा नेपालमा शान्ति हुन्छ कसरी ?  मनुस्मृतिको घेराबाट बाहिर निक्लेर मानवाधिकारवादी परिवेशमा नढल्ने  हो भने अब हिन्दूसमाज संकटापत्र अवस्थामाछ । यसतोबेला ती हिन्दू अगुवाहरुले आफ्नो अमूल्य समय र शक्ती; नेपाललाई हिन्दूराष्ट्र बनाएर जनता बीच आपसमा सँधै भैmझगडा र काटमार जारी राख्ने अभियानमा खेर फाल्नु भन्दा;  हिन्दू समाजलाई सुधारेर भविष्यमा देश टुक्रिनबाट बचाउने  अभियानमा खर्चे बढी श्रेयस्कर हुनेछ ।

—०—

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: