दलित समुदायबाट उपराष्ट्रपति बनाऊ

AMAR BARAILI

  • अमर बराईली, दलित अधिकारकर्मी

गत असोज ३ गते नेपालको संविधान जारी भईसकेपछि नयाँ संविधानले नेपाल र नेपालीको भाग्य र भविश्य कोर्छ भनेर सबै नेतृत्वको दाबी छ, तर, यो हाल कार्यान्वयन पक्षको घडीमा छ । नयाँ सविधानले नयाँ प्रधानमन्त्री, सभामुख र राष्ट्रपति चुनिसक्दा पनि दलित समुदायतर्फ १ जनाको पनि नाम नआउनु भनेको दलित समुदायहरु आश्यर्यमा परेको छन् । राजनैतिक दलको भाषणमा मात्र दलित समुदायहरुलाई सिमीत राखिएको छ । दलित समुदायबाट राजनैतक दलमा अन्य नेताको जस्तै हैसियत बनाएका दलित समुदायहरु छन्,  वास्तवमा उनीहरुलाई कुनै राजनैतिक दलहरुले सम्झिन भ्याएन । यसको मतलब दलित समुदायहरुबाट उक्त पदहरुका पुग्ने योग्यता कसैमा नभएको चुनौती दिईएको छ, अर्थात दलित समुदायहरुलाई सो पदहरुका पु-याउन कोशिश पनि गर्न कसैले नभ्याएको र कसरत समेत नगरेको हामीलाई छर्लग जानकारीमा रहेको छ भन्ने दलित नेतागणहरुको एकमुष्ठ भनाई रहेको छ । संविधानको धारा ६० अनुसार महिला राष्टपतिको निर्वाचित भईसकेको अवस्थामा ,संविधानमा पनि फरक लिग ,समुदायबाट भनिए अनुसार नेपालमा प्रथम महिला राष्टपति हुनु भनेको अहो भाग्यको कुरा हो ।  महिला राष्टपति भईसके पछि अब राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिंग वा समुदायको हुने यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक लिंग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नु पर्नेछ ,भनी भनिएको छ, तर राजनैतिक दलहरुलेको उपराष्टपतिको खोजी गरिरहेको अवस्थामा दलित समुदायलाई उपराष्टपति बनाउदा कसैले केही गुमाउनु पर्ने अवस्था नआउन सक्छ, त्यसकारण अब दलित समुदायबाट उप राष्टपतिमा निर्वाचन गराउन सबै दलहरुले समन्वय र सहकार्य गरिन आवश्यक छ । सहमतिय आधारमा राजनैतिक दलहरुको तर्फबाट जो कोही भए पनि दलित समुदायबाट आउनको लागि दलित समुदायहरु जुटिरहेको अवस्था छ ।

राष्ट्रपतिमा महिला, सभामुखमा महिलाा, प्रधानमन्त्री पुरुष निर्वाचित भईसको अवस्थामा अब उपराष्ट्रपतिको चुनाव आगामी कार्तिक १४ गते सविधान सभा हलमा सम्पनन हुदैछ ,एमाओवादीबाट नन्दकिशोर पुनको उम्मेदवारी र नेपाली काग्रेसले परमया यादवको नाम घोषण भईसकेको अवस्था छ । नेकपा एमालेले भने मधशी समुदायकको व्याक्तिको उम्मेदवारको खोजी गरिरहेको अवस्था छ यी सबै राजनैतिक दलहरुले किन दलित समुदायहरुको नाम लिन चाहेनन् यही निर चुरो कुरो छ, सबै राजनैतिक दलबाट उच्च हैसियत भएका दलित समुदायहरु पनि छन् वास्तवमा ती दलित समुदायहरुले पनि आ आफनो दललाई दबाब दिन नसकिरहेको र राजनैतिक दलहरुले पनि दलित समुदायहरुको नाम लिन चाहिरहेको छैनन् । भन्नमा चहि दलित समुदायहरुलाई कुरा गर्ने तर कार्यान्वयनमा चहि किन नल्याईएको होला ,हामी बुभ्mन नसकेको कुरा यही छ । वास्तवमा दलित समुदायहरुलाई किन प्रमुख पदहरुमा अवसर दिन चाहदैनन् यो प्रश्न तेर्साउन चाहन्छौ हामी दलित समुदाय किनकी हामीलाई गुमराहमा राखिएको छ ।

नेकपा एमाले, नेपाली काग्रेस, एमाओबादी, राप्रपा नेपाल लगायतका राजनैतिक नेतृत्वमा रहेको दलित व्यात्यित्वहरु अब जाग्ने बेला आएको छ । तपाईहरु अब राजनैतिक दलको भक्त भएर, जता भनो उतैतिर नगई,अर्थात केही बोल्यो भने मेरो पद पो धरापमा पर्ने होकी भनेर चुप लागेर नबस्नुन अब तपाईहहरुले मुख खोल्ने बेला आएको छ ,सबैको एउटै आवज हुनपयो ,दलित समुदायबाट पनि उपराष्टपति चाहियो, सो आवज आउन जरुरी छ । यो नत्र भए हामी राजनैतिक दलको कुनै पदमा वस्न सक्दैनौ अर्थात हामी आ आफनो पाटीभित्र सघर्ष गर्न तयार छौ भनी आफनो पाटीमा दबाब दिन लाई हामी दलित समुदायहरु सुझाव दिन चाहन्छौ । साथै राजनैतिक दलहरुले पनि १ जना दलित समुदायलाई उपराष्टपति बनाउदा कसैको केही जानेवाला छैन, बरु राज्यको तल्लो वर्गको उपराष्टपति बनाउदा राज्यका ६० लाख दलित समुदायको प्रतिनिधीत्व हुनेछ । अब  दलित समुदायहरुले आवाज उठाउन आवश्यक छ, राजनैतिक दलका प्रमुखहरु सँग समन्वय र सहकार्य गर्न आवश्याक छ । समय एकदमै थोरै भएपनि विगतको अभ्यासलाई हेर्दा १ दिनको समयमा धेरै ठुला ठुला सहमतिहरु भएका छन् राजनैतिक दलहरुले चाहने हो भने एकछिनमा नै सहमति हुन सक्छ, त्यसकारण दलित समुदायको तर्फबाट उप राष्टपतिमा सहमति जुटाउनको लागि हामी दलित समुदायहरु आग्रह गर्दछौ ।

आगामी कार्तिक १४ गते सदन उप राष्टपतिको निर्वाचन हुदैछ; सो निर्वाचनमा दलित समुदायको तर्फबाट उम्मेदवारी सबै दलहरुको तर्फबाट दलित समुदायलाई उम्मेदवार बनाउन आवश्यक छ । त्यसो हुदा १ जना दलित अवश्यै पनि उप राष्टपति हुने सो गणतान्त्रिक नेपालको दोश्रो उप राष्टपति दलित भएको हुनेछ भन्ने दलित समुदायहरुले परिकल्पना गरेका छन । त्यसकारण आगामी उप राष्टपतिको चुनवमा दलित समुदायको तर्फबाट उपराष्टपतिमा मनोनयन गरी सबैको समर्थनबाट अध्याधिक मतले विजयी गराई ,नेपालको ईतिहासको पानामा दलित समुदायको प्रतिनिधीत्व गराऔ ।

Advertisements
Post a comment or leave a trackback: Trackback URL.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

%d bloggers like this: